Sunday 29th September 2024

रूकुममा ३ वर्षीया नाबालिकालाइ बलात्कार गर्नेलाइ जन्मकैदको सजायँ


तितोपाटी – नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुम (पूर्व)का एक व्यक्तिलाई जन्मकैदको सजाय भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ की साढे ३ वर्षीया बालिकालाई बलात्कार गर्ने सोही ठाउँका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो।

मंगलबार जिल्ला न्यायाधीश दुर्गबहादुर भुसालको इजलासले गौतमलाई जन्मकैदको फैसला गरेको जिल्ला अदालत रुकुमकोटका सूचना अधिकारी निर्मला शर्मा जानकारी दिइन्। नाबालिकालाई बलात्कार गरेको ठहर गर्दै अदालतले गौतमलाई जन्मकैदको फैसला गरेर कारागार चलान गर्न आदेश दिएको उनले बताइन्। गत माघ ११ गते दिउँसो १ बजे बालिकालाई बलात्कार गर्दै गर्दा प्रहरीले गौतमलाई रङ्गे हात फेला पारेको थियो।

बालिकालाई बलात्कार गर्दै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। गौतम यसअघि पनि जबरजस्तीकरणी मुद्दामै ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए।


सम्बन्धित शीर्षकहरु

लेबनानबाट करिब २५ मिनट दक्षिणको एक शहरका भव्य सात वटा भवन लाई आईडिएफ ले मैदानमा परिणत गरिदिए पछि थरीथरीका अडकलबाजीहरु…

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको…

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

प्रतिकृयाहरू
...