Thursday 15th January 2026

निर्मला हत्याकाण्डः डिल्लीराज विष्ट अदालतमा उपस्थित


तिताेपाटी – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा फरार रहेका बर्खास्तीमा परेका एसपी डिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन् ।

अदालतको ३५ दिने सूचना जारी भएका बेला विष्ट मंगलबार निवेदनसहित अदालतमा उपस्थित भएका हुन् । अदालतको फरार सूचीमा रहेका दुई जनामध्ये  विष्ट मंगलबार निवेदन हित उपस्थित भएको कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताउनुभयो ।

उहाँले विष्टको केही बेरमा बयान हुने र समय पुगे मंगलबार नै थुनचेक बहस हुने बताउनुभयो । अवस्थीका अनुसार विष्टसँगै फरारको सूचीमा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसी भने सम्पर्कमा आएका छैनन् ।

निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र दिलिपसिंंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गएको पुस ३ गते उजुरी दिनुभएको थियो ।

मुद्दाका अन्य प्रहरी कर्मचारीहरु प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकिन्द्र खड्का र जगदिशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंंह धामी र रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।

-उज्यालाे


सम्बन्धित शीर्षकहरु

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

अधिवक्ता सुलभ खरेल सामाजिक संजालमा लेख्छन्, " रवि लामिछाने कुनै पनि अर्थमा मुद्दा नै चलाउन नपाइने गरी उन्मुक्ति(immunity) पाएका व्यक्ति…

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

प्रतिकृयाहरू
...