Sunday 21st December 2025

प्रिमियर लिगमा सिटी र लिभरपुलको घम्साघम्सि : लिभरपुल शिर्ष स्थानमा उक्लियो


तिताेपाटी – ईङलिश प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। ३१ औं चरणको खेलमा फुल्ह्यामलाई २–१ ले हराउँदै लिभरपुल, तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

३१ खेलबाट ७६ अंक जोडेको लिभरपुलले म्यानचेष्टर सिटीलाई २ अंकले पछि पारेको हो। यद्यपि, सिटीले एक खेल कम खेलेको छ। लिभरपुलको जितमा सादियो माने र जेम्स मिल्नरले एक एक गोल गरे। रायन बावेलले फुल्ह्यामका लागि एक गोल फर्काए। आइतबार राति नै भएको अर्को खेलमा चेल्सी एभर्टनसँग २–० ले पराजित भयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एभर्टनले दुबै गोल दोस्रो हाफमा गरेको थियो। एभर्टनसँगको हारसँगै शीर्ष ४ मा पुग्ने चेल्सीको सम्भावना कमजोर बनेको छ।

३० खेलबाट ५७ अंक सहित ऊ तालिकाको छैठौं स्थानमा छ। जितपछि एभर्टन भने तालिकाको ११ औं स्थानमा उक्लिएको छ। प्रिमियर लिगमा आज आर्सनल र न्यूक्यासल युनाइटेडबीच खेल हुने छ।

एजेन्सी 


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...