Thursday 27th August 2026

प्रिमियर लिगमा सिटी र लिभरपुलको घम्साघम्सि : लिभरपुल शिर्ष स्थानमा उक्लियो


तिताेपाटी – ईङलिश प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। ३१ औं चरणको खेलमा फुल्ह्यामलाई २–१ ले हराउँदै लिभरपुल, तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

३१ खेलबाट ७६ अंक जोडेको लिभरपुलले म्यानचेष्टर सिटीलाई २ अंकले पछि पारेको हो। यद्यपि, सिटीले एक खेल कम खेलेको छ। लिभरपुलको जितमा सादियो माने र जेम्स मिल्नरले एक एक गोल गरे। रायन बावेलले फुल्ह्यामका लागि एक गोल फर्काए। आइतबार राति नै भएको अर्को खेलमा चेल्सी एभर्टनसँग २–० ले पराजित भयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एभर्टनले दुबै गोल दोस्रो हाफमा गरेको थियो। एभर्टनसँगको हारसँगै शीर्ष ४ मा पुग्ने चेल्सीको सम्भावना कमजोर बनेको छ।

३० खेलबाट ५७ अंक सहित ऊ तालिकाको छैठौं स्थानमा छ। जितपछि एभर्टन भने तालिकाको ११ औं स्थानमा उक्लिएको छ। प्रिमियर लिगमा आज आर्सनल र न्यूक्यासल युनाइटेडबीच खेल हुने छ।

एजेन्सी 


सम्बन्धित शीर्षकहरु

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख फहद युसुफ साउद अल–सबाहले देशको इतिहासमै सबैभन्दा ठूलो लागुऔषध बरामद गरिएको घोषणा गरेका छन्।…

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि निःशुल्क टेलिफोन, इन्टरनेट र एसएमएस सेवा…

प्रतिकृयाहरू
...