Thursday 11th December 2025

प्रधानन्यायधिशमा दिपकराज जोशीको नाम शिफारिस


तितोपाटी – संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ।

मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका हुन्।

गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ। त्यसयता कायममुकायम प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व गर्दै आएका थिए।

प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना पहिलै र कारणवस अचानक रिक्त भए एक महिनासम्ममा प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ।

संवैधानिक परिषद् बैठकले सिफारिस गरेर संसदीय सुनुवाइका लागि संसदमा पठाउने छ।

संसदीय सुनुवाइ पास गरेका न्यायाधीशलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने छिन्। तर संसदको कार्यसञ्चालन नियमावली नबनेकोले संसदीय सुनुवाइ समिति पनि अहिलेसम्म गठन भएको छैन।


सम्बन्धित शीर्षकहरु

मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। नेपालमा पनि…

सीरियामा एक वर्षअघि बशर अल–असदले युद्ध जितेको मानिएको थियो, तर परिस्थिती अचानक उल्टियो। उत्तरी सीरियाको इदलिबबाट अहमद अल–शरा ९उपनामस् अबू…

हबल अन्तरिक्ष दूरबीनले (Hubble Space Telescope) हाम्रो सौर्यमण्डलमा देखिएको तेस्रो अन्तरतारकीय आगन्तुक ‘3I/ATLAS’ को नयाँ तस्बिर खिचेको छ।यो वस्तु हाम्रो…

प्रतिकृयाहरू
...