Tuesday 23rd December 2025

बिश्वकर्मा समाजले गर्‍यो १०बिद्यार्थीलाई सहयोग


तिताेपाटी -बिश्वकर्मा समाज बौदीकाली-२डेढगाउँ नवलपुरले बिधालय स्तरमा अध्यनरत १०जना बिद्यार्थीलाई शैक्षिक सहयोग सामाग्री बितरण गरेकोछ । समाजका अध्यक्ष बिर बहादुर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बौदीकाली गाउँपालिका वार्डन.२ का वडाध्यक्ष बाल प्रसाद ठाडाले बोल्दै स्थापनाको छोटो समयमै बिश्वकर्मा समाजले गरेको उदाहरणिय सामाजिकको कामको प्रसंशा गर्दै समाजका लागि आफुले सस्थागतरुपमा सहयोग गर्ने प्रतिवद्वता गर्नुभयो ।

कार्यक्रममा बौदीकाली-२दलित महिला सदस्य भुलमाया बिश्वकर्मा,बालबालिकाको साथी नेपालका अध्यक्ष दिपेन्द्र बिक,बुङ्दीकाली सामुदायिक विद्युतिकरण सहकारी संस्थाका अध्यक्ष पदम बहादुर बिश्वकर्मा,सहयोग प्राप्त गर्ने बिद्यार्थी रेजिना बिकले बोल्दै बिश्वकर्मा समाजले बिधालय स्तरमा अध्यनरत बिद्यार्थीलाई गरेको सहयोग उदाहरणिय रहेको बताउनुभयो ।

वडाकार्यलय डेढगाउँमा भएको कार्यक्रममा बिदेश बिभाग संयोजक छबिराम सुनारको आर्थिक सहयोगमा डेढगाउँमा रहेका बिश्वकर्मा समुदायका १० बिद्यार्थीलाई शैक्षिक स्टेसनरी र नगद प्रदान गरिएको थियो। गत कार्तिक महिनामा डेढगाउँका बिश्वकर्मा समुदायका सामाजिक अगुवा र युवाहरुको सक्रियतामा स्थापित बिश्वकर्मा समाजमा हाल कार्यसमिति सहित ४उपसमिति र छबिराम सुनारको संयोजकत्वमा ७ वटा देशमा समेत संयोजकको जिम्मेवारी दिई समिति बिस्तारका लागि अघि बढेको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...