Tuesday 4th August 2026

ट्रम्प र किमले गरे एेतिहासिक सम्झाैतामा हस्ताक्षर


तितोपाटी – ऐतिहासिक भेटवार्ता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनले एक समारोहबीच एक सहमतिको दस्ताबेजमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले परमाणुनिशस्त्रीकरणका विषय समेत समेटिएको उक्त दस्ताबेज ‘अत्यन्त महत्वपूर्ण’ र ‘निक्कै विस्तृत’ भएको बताए । ट्रम्पले थप बोल्दै यस सहमतिपत्रमा हस्ताक्षर गर्न पाउनु उनी र किमको लागि ‘सम्मान’को कुरा भएको बताए ।

त्यस्तै किमले पनि संयुक्त वक्तव्यलाई ‘ऐतिहासिक’ उल्लेख गरे । उनले सहमतिपत्रको महत्वबारेमा बोल्दै भने, “विश्वले एक महत्वपूर्ण परिवर्तन देख्नेछ” ।

पत्रकारहरुसँग बोल्ने क्रममा ट्रम्पले आफू र ट्रम्पबीच ‘एक अति विशेष खालको सम्बन्ध’ विकास भएको बताए ।

सहमतिमा हस्ताक्षर गरिसकेपछि रिपोर्टरहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफूले किमलाई ‘आफ्नो देशलाई माया गर्ने’ ‘एक प्रतिभावन व्यक्ति’ को रुपमा पाएको बताए । “अब हामी भविष्यमा धेरै पटक भेट्नेछौं ,” उनले भने ।

हात मिलाईसकेपछि नेताहरु छुट्टिएका थिए । किम उत्तर कोरिया फर्किने अनुमान गरिएको छ ।

हस्ताक्षर भएको दस्ताबेजबारे विस्तृत कुरा छिट्टै बाहिर आउने अनुमान गरिएको छ ।

केही घण्टामै ट्रम्पले एक पत्रकार सम्मेलन गर्नेछन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र अध्यक्ष किम जोङ्ग उनबीच भएको सहमतिका बुँदा

१.संयुक्त राज्य र लोकतान्त्रिक जनगणतन्त्र कोरिया दुई देशका जनताहरुको शान्ति र सम्बृद्धिको लागि रहेको चाहना अनुरुप नयाँ सम्बन्ध विकास गर्न प्रतिबद्धता जनाउछौं ।

२.संयुक्त राज्य र लोकतान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायद्विपमा दीर्घकालिन र स्थीर शान्तिको अवस्था निर्माणको लागि मिलेर काम गर्नेछौं ।

३.२०१८ अप्रिल २७ को प्यानमुन्जोम घोषणापत्रलाई पुनः जोड दिदंै लोकतान्त्रि जनगणतन्त्र कोरिया कोरियाली प्रायद्विपमा पूर्ण आणविक निशस्त्रिकरण तर्फ काम गर्ने प्रतिबद्धता जनाउछ ।

४.संयुक्त राज्य र लोकतान्त्रि जनगणतन्त्र कोरिया बाँकी रहेका युद्धबन्दी र सेवामा रहदा हराएकाहरुलाई पुनप्राप्त गर्नको लागि प्रतिबद्ध छौं । यसमा र, पहिले पहिचान भइसकेकाहरुलाई तत्काल क्षतिपुर्ति प्रदान गरिनेछ ।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...