Tuesday 20th October 2026

विमान बंगलादेश अपहरण गर्न खोज्ने कमान्डो अपरेशनमा मारिए


तीतोपाटी-बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान हाइज्याक गर्न खोज्ने एक व्यक्ति आइतबार साँझ सेनाको कारवाहीमा मारिएका छन् ।

मारिनेमा आफूलाई महेदी बताउने २५ वर्षीय युवा रहेका छन् ।

बंगलादेशी सेनाका अनुसार करीब आठ मिनेटको कमान्डो कारवाहीमा उनी मारिएका हुन् ।

मेहेदीले बन्दुक देखाउँदै ढाकाको चतोग्राम विमानस्थलबाट दुबई उड्न लागेको विमान बंगलादेशको बोइङ ७३७–८०० विमानलाई हाइज्याकको प्रयास गरेका थिए ।

सेनाले विमानमा सवार सबै १४८ जनालाई सकुशल रिहा गरेको जनाएको छ ।

मेजर जेनरल मातिउर रहमानका अनुसार हाइज्याकरले आफ्नो पत्नी र प्रधानमन्त्री शेख हसिनासँग कुरा गर्न चोहेको बताएका थिए ।

‘हामीले उनीसँग कुरा गर्न खोजेका थियौँ तर उनले आक्रमण गर्न खोजे । त्यही भएर कमाण्डोहरुले कारवाही अगाडि बढाउन परेको थियो,’ उनले भने ।

उनीसँग एउटा पेस्तोल फेला परेको सेनाले जनाएको छ ।

स्थानीय समयअनुसार करिब ७ बजेर २५ बजे जाँदा अपहरणकारीलाई घाइते अवस्थामा पक्राउ गरिए पनि उनको पछि मृत्यु भएको थियो ।

आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजे पछि चालक दलले विमानलाई आकस्मिक अवतरण गराएका थिए ।

बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन (आइएसपिआर) का अधिकारीका अनुसार बिजी १४७ नम्बरको दुबईका लागि भएको बोइङ ७३७ विमानलाई शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल, छट्टोग्राममा आकस्मिक अवतरण गराइएको थियो ।

ढाकाबाट दुबईका लागि उडेको करिब दुईघण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५ः४० मा अवतरण गराइएको थियो ।


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...