Wednesday 26th August 2026

बंगलादेशको राजधानी ढाकामा आगलागीमा परि ७० जनाको मृत्यु


तितोपाटी – बांगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परि ७० जनाको ज्यान गुमाएका छन। बंगलादेशी अधकारीहरूका अनुसार गोदाममा भएको उक्त आगलागिमा थुप्रै घाइते समेत भएका छन्। गए राती १० बजे तिर आगलागी भएको हो ।

घाइतेहरुमध्ये केहीको अबस्था गम्भीर रहेको छ, उनीहरुको शरीर पूर्ण रूपमा जलेको प्रहरी अधिकारीहरुले जनाएका छन। राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक पदार्थको गोदाम समेत रहेको थियो।

स्थानीयका अनुसार हेर्दा हेर्दै आगो अर्को भवनमा पनि फैलियो र आगो नियन्त्रणमा लिन ३७ वटा दमकल त्यहाँ पुगेका थिए। अहिले भने आगो पूर्ण रुपमा नियन्त्रणमा आएको बताइएको छ। सिलिण्डर बिष्फोट भएर आगलागी भएको भनिए पनि अधिकारीहरुका अनुसार आगो लाग्नुको मुख्य कारण अझै थाहा हुनु सकेको छैन सोबारे अनुसन्धान भइरहेको छ।

साँघुरो बाटो र पानीको अभावमा आगो नियन्त्रणमा कठिनाई भएको बताइएको छ।

#आगलागी #मृत्यु


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...