Monday 22nd December 2025

बंगलादेशको राजधानी ढाकामा आगलागीमा परि ७० जनाको मृत्यु


तितोपाटी – बांगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परि ७० जनाको ज्यान गुमाएका छन। बंगलादेशी अधकारीहरूका अनुसार गोदाममा भएको उक्त आगलागिमा थुप्रै घाइते समेत भएका छन्। गए राती १० बजे तिर आगलागी भएको हो ।

घाइतेहरुमध्ये केहीको अबस्था गम्भीर रहेको छ, उनीहरुको शरीर पूर्ण रूपमा जलेको प्रहरी अधिकारीहरुले जनाएका छन। राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक पदार्थको गोदाम समेत रहेको थियो।

स्थानीयका अनुसार हेर्दा हेर्दै आगो अर्को भवनमा पनि फैलियो र आगो नियन्त्रणमा लिन ३७ वटा दमकल त्यहाँ पुगेका थिए। अहिले भने आगो पूर्ण रुपमा नियन्त्रणमा आएको बताइएको छ। सिलिण्डर बिष्फोट भएर आगलागी भएको भनिए पनि अधिकारीहरुका अनुसार आगो लाग्नुको मुख्य कारण अझै थाहा हुनु सकेको छैन सोबारे अनुसन्धान भइरहेको छ।

साँघुरो बाटो र पानीको अभावमा आगो नियन्त्रणमा कठिनाई भएको बताइएको छ।

#आगलागी #मृत्यु


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...