Wednesday 17th June 2026

साउदीका राजकुमार पाकिस्तानको भ्रमण लगत्तै पछि भारतको भ्रमणमा


तितोपाटी – पाकिस्तानको भ्रमण सकेलगत्तै साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान भारत भ्रमणका पुगेका छन् । मं‌गलबार राती भारत पुग्नेबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल तोड्दै पालम विमानस्थलमा स्वागत गरे । राजकुमार सलमान जहाजबाट ओर्लिनेबित्तिकै मोदीले अंगालो हालेर उनको स्वागत गरे । मोदीले सलमानलाई विमानस्थलमै पुगेर स्वागत गरेपछि भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने पोर्टोकल तोडेको भन्दै चर्को आलोचना गरेको छ ।

विमानस्थलमा अंगालो हालेका मोदीले त्यसपछि बुधवार राष्ट्रपति भवनमा औपचारिक स्वागतका क्रममा फेरि पनि अंगालो हाल्न भ्याए । मोदीको यो क्रियाकलापलाई कांग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले पाकिस्तानलाई सहयोग गरिरहेको साउदीका राजकुमारको स्वागतमा मोदीले सबै किसिमका मर्यादा तोडेको भन्दै कटाक्ष गरेका छन् ।

‘राष्ट्रहितका लागि अंगालो हाल्ने मोदीको नीति : जुन साउदी अरेबियाले पाकिस्तानलाई २० अर्ब डलर दिँदै प्रशंसा गरेको छ, उसैका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले पोर्टोकल तोडे । के पुलवामाका सहिदहरुलाई सम्झिने तरिका यही हो ?’, ट्विट गर्दै सुरेजावालाले भनेका छन् ।

भारत आउनुअघि साउदी राजकुमारले पाकिस्तानको भ्रमण गरेका थिए । जहाँ उनले पाकिस्तानको प्रशंसा गर्दै २० अर्ब डलर सहयोग घोषणा गरे । यसका अलावा उनले आफूलाई साउदी अरेबियामा आफू पाकिस्तानको ब्रान्ड एम्बेसडर रहेको पनि घोषणा गरे ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...