Monday 22nd December 2025

राष्ट्रपति ट्रम्पद्वारा अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा


तितोपाटी – राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले मेक्सिकोसँगको खुल्ला सीमाबाट ‘राक्षसहरुको समूह’ र ‘लागू औषध’ तस्करहरु भित्रिएका कारण अमेरिकी जनतालाई दु:ख भएको भन्दै राष्ट्रिय संकटकाल घोषणा गरेका जनाएका छन् ।

गैर कानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी र तस्करहरुका कारण अमेरिकामा संकट आएको भन्दै अमेरिकाको दक्षिणी क्षेत्रमा मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउन उनले तल्लो सदन कंग्रेस समक्ष बजेट माग गरेका थिए। तर डेमोक्रेटहरुको असहयोगका कारण उनको त्यो माग पुरा नभएपछि कंग्रेसलाई बाइपास गर्दै संकटकाल घोषणा गरिएको हो।

संकटकाल घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झण्डै ८ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने उनले बताए । राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा रहेको राष्ट्रिय सुरक्षाको संकट समाधान गर्ने दाबी गरे । मेक्सिकोको सीमाबाट लागूऔषध कारोबारी र अवैध आप्रवासीहरुको आक्रमण भइरहेकाले अब त्यो समाधान हुने दाबी उनको थियो ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...