Tuesday 20th October 2026

नोबेल शान्ति पुरस्कारको लागि जापानद्वारा डोनाल्ड ट्रम्पको नाम शिफारिश


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आबेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्करणमा उल्लेख गरेको छ। अमेरिकाको अनुरोधमा जापानले ट्रम्पको नाम सिफारिस गरेको बताइएको छ। गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ–उनसँगको महत्वपूर्ण शिखर सम्मेलन गरेपछि ट्रम्पको नाम मनोनयन गर्न सम्भावना भएको जापानी पत्रिका आसाही शिम्बुन पत्रिकाले बताएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार आफ्नो नाम शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री आबेले मनोनयन गरेको बताएपछि उक्त रिपोर्ट बाहिर आएको हो। आबेले नोबेल शान्ति पुरस्कार समितिलाई पठाएको पाँच पृष्ठ लामो पत्रको प्रतिलिपि आफूलाई पठाएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन्।

पत्रमा जापानी नेताले उत्तर कोरियासँग चलेको तनावलाई शान्त बनाउन खेलेको योगदानको प्रशंसा गरेका छन्। जापानी प्रधानमन्त्री आबेले पत्रमा ‘मैले तपाईंलाई नोबेल शान्ति पुरस्कार दिनका लागि अनुरोध गरेको छु भनी भनेको र आफूले उहाँलाई धन्यवाद दिएको’ अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसमा भेला भएका सञ्चारकर्मीसँग बताएका थिए।

‘धेरै अन्य मानिसहरूले पनि यस प्रकारको महसुस गर्छन्। मैले सम्भवतः कहिल्यै पाउने छैन। ठीकै छ’ ट्रम्पले भने। ट्रम्पको दाबीबारे प्रतिक्रियाका लागि एएफपीले गरेको अनुरोधलाई जापानी अधिकारीले प्रतिक्रिया दिएनन्।


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...