Wednesday 14th May 2025

नेपालले इरानलाइ ३-० ले हराउँदै हिरो गोल्डकपको फाइनलमा पुग्यो


तितोपाटी – नेपाली राष्ट्रिय महिला फुटबल टिम भुवनेश्वरमा भइरहेको हिरो वुमेन्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

कालिंगा रंगशालामा बुधबार भएको पहिलो खेलमा नेपालले फिफा वरीयतामा ४८ स्थानमाथिको इरानलाई ३–० ले पराजित गरेको थियो । दोस्रो खेलमा म्यान्मारले आयोजक भारतलाई २–० ले पराजित गरेपछि नेपालको फाइनल यात्रा सहज भएको हो ।

समूह चरणका तीनै खेल जितेको म्यान्मार र नेपाल फाइनलमा शुक्रबार भिड्ने छन्। चार देश सहभागी प्रतियोगितामा नेपाल फिफा वरीयतामा सबभन्दा तल (१०८) को टिम हो। त्यसैले नेपाललाई ‘अन्डरडग’ मानिएको थियो। नेपाल पहिलो खेलमा म्यान्मारविरुद्ध ३–० ले हारेपछि नेपालले दोस्रो खेलमा भारतविरुद्ध २–१ को ऐतिहासिक जित निकालेको थियो। दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन्।

अनिता बस्नेतले इरानविरुद्ध गोलको खाता खोलेकी थिइन्। त्यसमा पनि बाँकी दुई गोल सावित्राले गरिन्। राष्ट्रिय टिमको लागि २२ गोल गरेकी सावित्रा चार गोलसहित हिरो गोल्डकपमा सर्बाधिक गोलकर्ताको सूचीमा सबभन्दा अगाडि छिन्।


सम्बन्धित शीर्षकहरु

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

KYIV: युक्रेन र उसका सहयोगीहरू सोमबारदेखि कम्तिमा ३० दिनको लागि रूससँग "पूर्ण, बिना शर्त युद्धविराम" को लागि तयार छन्, युक्रेनी…

प्रतिकृयाहरू
...