Sunday 12th April 2026

भारतमा विषाक्त मदिरा सेवनबाट ६० भन्दा बढि व्यक्तिको मृत्यु


तितोपाटी – भारतमा विषाक्त मदिरा सेवनबाट ६० जना भन्दा बढीको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार उत्तर प्रदेशका दुई जिल्ला र उत्तराखण्डको रुड्कीमा विषाक्त मदिरा सेवनबाट दर्जनौं मानिसको मृत्यु भएको छ। सय भन्दा बढी मानिस विभिन्न अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्।

सहारनपुर जिल्लामा मात्रै विषाक्त मदिराबाट मर्नेको संख्या ४६ पुगेको यहाँका सिडियो आलोक पाण्डेय र प्रहरी प्रमुख दिनेशकुमार पी.ले संयुक्त विज्ञप्तिमार्फत जानकारी दिएका छन्। यहाँको नागल, गागलहेडी र देवबन्द क्षेत्रका कयौ गाउँमा दर्जनौ मानिसको मृत्यु भइसकेको र ५० भन्दा बढी मानिसको सहरका विभिन्न अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई मेरठ मेडिकल कलेजमा भर्ना गरिएको छ। उत्तर प्रदेशका डिजीपी ओपी सिंकले सहारनपुरमा विषाक्त मदिरा छिमेकी राज्य उत्तराखण्डबाट भित्रिएको बताउँदै केही कर्मचारीलाई निलम्बन गरिएको बताए।

उता उत्तराखण्डको रुड्कीमा विषाक्त मदिराबाट १४ जनाको मृत्यु भइसकेको छ। यो भन्दा पहिला विहीवार र शुक्रवार मात्रै कुशीनगरमा विषाक्त मदिराका कारण १० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

दुबै घटनापछि राज्य सरकारका मुख्य सचिव र प्रहरी महानिर्देशकले केही कर्मचारीलाई निलम्बन गर्दै अवैध मदिराविरुद्ध कडा कदम चाल्न मातहत निकायलाई निर्देशन दिएको छ।

राज्य सरकारले सहारनपुरमा नागल थापा प्रमुखसहित १० प्रहरी कर्मचारी, आबकारी विभागका ३ इन्सपेक्टर र दुई कान्स्टेबल निलम्बन गरेको छ। कुशीनगरमा पनि जिल्ला आबकारी अधिकारीसहित विभागका १० कर्मचारीलाई निलम्बन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...