Wednesday 26th August 2026

कुवेतमा हृदयघातको कारण बिराटनगरका निर बहादुरको मृत्‍यु


हरि कृष्ण न्यौपाने- मोरङ बिराटनगर बरघर्छी चादनीचोक घर भई कुवेतको अल टु वाक क्लिनिङ कम्पनीमा कार्यरत ४७ बर्षिय निर बहादुर कार्कीको हृदयघातको कारण मृत्‍यु भएको छ।केही दिन देखी सामान्य बिरामी भएर औषधी सेबन गरिरहेका कार्कीको फेब्रोवरी ४ तारिक,२०१९ सोमबार बिहान ११:३० कम्पनीकै आबास गृह कुवेतको महाबुल्लामा मृत्‍यु भएको हो।

तीतोपाटी डटकम संग कुरा गर्दै कुवेतमै कार्यरत मृतक निर बहादुरकी कान्छी बहिनी मुना कार्कीले भनिन”हामीलाई दाजु हल्का बिरामी भएको भन्ने बारे पनि कुनै जानकारी थिएन तर दाजुको साथीहरुले केही दिन देखी हल्का बिरामी रहेको बताए पनि उनलाई आफ्नै ओछ्यानमा अन्तिम अवस्थामा फेला पारेर अस्पातल पुर्याउदा डाक्टरले हृदयघातको कारण मृत्‍यु भैसकेको बताएका थिए।दाजुको शब नेपाल लैजान नेपाली दुताबासको सहयोगमा प्रकृया अन्तिम चरणमा पुगे पनि अझै दिन भने एकिन भएको छैन।”उनले थपिन म र भाउजु दुई जनानै दाजुको शब लिएर जाने भनेर कम्पनीमा अनुरोध गरेका छौ।”

२ छोरा र १ छोरी जेठो दाजुको संरक्षणमा रहेको मृतक निर बहादुरकी श्रीमती पनि कुवेतकै एक क्लिनिङ कम्पनीमा कार्यरत रहेकी छिन। मृतककी श्रिमती पनि दुई महिना अघी मात्र आबासमा लडेर खुट्टा भाँच्चिएको र खुट्टामा स्टिल हालिएकोले राम्रोसंग हिडन नसक्ने अवस्थामा छिन।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...