Saturday 26th July 2025

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले २१ जुनमा नेपालबाट कलाकार ल्याउने


तितोपाटी – सुदुरपश्चिमेली नेपाली समाज कुवेतले २१ जुन २०१९ मा अतिथि कलाकारको साथमा दोस्रो वार्षिक उत्सव तथा अधिबेशन गर्ने भएको छ ।

सुदुरपश्चिम देखि रोजगारीको सिलसिलामा कुवेतमा आएका सुदुरपश्चिमेलीहरुले कुवेतमा कार्यरत नेपालीको सुख, दुखमा साथ र सहयोग गर्नुको साथै नेपालमा पनि दुखी, गरिब र असहायहरुको लागि  उल्लेख्य सहयोग गर्दै आएको छ । सुदुरपश्चिमेली नेपाली समाज कुवेत प्रवासमा कार्यरत भएर पनि आफ्नो गाँस कटाएर दुखी, गरिब र असहायहरुको मलम पट्टी बन्न सफल भएको छ,  भने आफ्नो सुदुरपश्चिमको कला र सस्कृती लाई पनि जगेर्ना गर्न महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेको छ ।

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले २१ जुनमा अतिथि कलाकारको साथमा भब्य र सभ्य रुपमा कार्यक्रम सफल पार्नको लागि अहिले देखि नै तयारी गर्दै गरेको सुदुरपश्चिमेली नेपाली समाज कुवेतका अध्यक्ष अमर खड्काले तितोपाटी लाई बताएका छन । नेपालबाट आउने कलाकार र कार्यक्रम हुने हलको बारेमा केही समय पछि जानकारी गराउने बताएका छन । उक्त दिनको कार्यक्रममा कुवेतमा कृयाशिल कुनै पनि संघ – सस्थाले कार्यक्रम नजुधाइ दिनको लागि पनि आग्रह गरेको छन ।


सम्बन्धित शीर्षकहरु

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

कुवैत सिटी, जुलाई २४, गैरकानूनी आवास अभ्यासहरूलाई लक्षित गर्दै एउटा साहसिक नयाँ अभियानमा, कुवेती अधिकारीहरूले खैतानमा व्यापक निरीक्षण अभियान सुरु…

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

प्रतिकृयाहरू
...