Saturday 4th July 2026

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले २१ जुनमा नेपालबाट कलाकार ल्याउने


तितोपाटी – सुदुरपश्चिमेली नेपाली समाज कुवेतले २१ जुन २०१९ मा अतिथि कलाकारको साथमा दोस्रो वार्षिक उत्सव तथा अधिबेशन गर्ने भएको छ ।

सुदुरपश्चिम देखि रोजगारीको सिलसिलामा कुवेतमा आएका सुदुरपश्चिमेलीहरुले कुवेतमा कार्यरत नेपालीको सुख, दुखमा साथ र सहयोग गर्नुको साथै नेपालमा पनि दुखी, गरिब र असहायहरुको लागि  उल्लेख्य सहयोग गर्दै आएको छ । सुदुरपश्चिमेली नेपाली समाज कुवेत प्रवासमा कार्यरत भएर पनि आफ्नो गाँस कटाएर दुखी, गरिब र असहायहरुको मलम पट्टी बन्न सफल भएको छ,  भने आफ्नो सुदुरपश्चिमको कला र सस्कृती लाई पनि जगेर्ना गर्न महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेको छ ।

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले २१ जुनमा अतिथि कलाकारको साथमा भब्य र सभ्य रुपमा कार्यक्रम सफल पार्नको लागि अहिले देखि नै तयारी गर्दै गरेको सुदुरपश्चिमेली नेपाली समाज कुवेतका अध्यक्ष अमर खड्काले तितोपाटी लाई बताएका छन । नेपालबाट आउने कलाकार र कार्यक्रम हुने हलको बारेमा केही समय पछि जानकारी गराउने बताएका छन । उक्त दिनको कार्यक्रममा कुवेतमा कृयाशिल कुनै पनि संघ – सस्थाले कार्यक्रम नजुधाइ दिनको लागि पनि आग्रह गरेको छन ।


सम्बन्धित शीर्षकहरु

7 भूमिका मानव सभ्यताको इतिहासलाई हेर्दा प्रत्येक युगलाई कुनै न कुनै आविष्कारले परिभाषित गरेको पाइन्छ। आगोको आविष्कारले मानवलाई प्रकृतिमाथि विजय…

तेहरान, असार १९ (एजेन्सी): अमेरिका–इजरायलको संयुक्त सैन्य आक्रमणमा करिब चार महिनाअघि मारिएका इरानका पूर्व सर्वोच्च नेता Ayatollah Ali Khamenei लाई…

रूसले युक्रेनमाथि ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि पोल्याण्डले आफ्नो हवाई क्षेत्र सुरक्षित गर्नका लागि लडाकु विमान र हवाई…

प्रतिकृयाहरू
...