Tuesday 20th January 2026

आइजी खनालविरुद्ध संसदमा महेश बस्नेतको सांकेतिक प्रश्न


तीतोपाटी-नेपाल प्रहरीका महानिरिक्षक (आइजी) सर्वेन्द्र खनालविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सांकेतिक प्रश्न गरेका छन् ।

सांसदसँग सवाल–जवाफका लागि बुधबारको प्रतिनिधि सभा बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुुर थापा बादलसँग उनले निर्मला पन्त हत्या प्रकरणको जगमा प्रश्न सोध्ने क्रममा आइजी खनालविरुद्ध सांकेतिक प्रश्न गरेका हुन् ।

उनले सोधे,‘पन्त प्रकरणको छानबिनमा त्रुटी गर्ने तत्कालिन कञ्चनपुर प्रहरी प्रमूख डिल्लीराज विष्टलाई अनुसन्धानको जिम्मेवारी दिएर त्यहाँ खटाउने प्रहरी नेतृत्वतिर कारबाही गर्ने विषय के हुँदैछ ?’

बस्नेतले थापालाई सोधे,‘अनुुसन्धानको ९६ प्रतिशत काम सकिएको भन्नेमा बधाई छ । यहि प्रकरण मिडिया र केही एनजिओको खाने मेलो पनि भएको छ । तर, विष्टलाई अनुसन्धानको जिम्मेवारी दिने नेतृत्वलाई कारबाही गर्नु पर्दैन ?’

बस्नेतको प्रश्नले स्वभाविक रूपमा खनालविरुद्ध प्रहार गरेको बुझिन्छ । तर, एसपी विष्ट भने कञ्चनपुरमा आइजी खनाल नियुक्त पूर्व नै कार्यरत थिए ।  खनालकै कार्यकालमा पनि सो ठाउँको जिम्मेवारीमा थिए । तर, अहिले विष्टलाई जिम्मेवारी मुक्त गरी अनुसन्धानको दायरामा तानि सकिएको छ ।

जवाफमा गृहमन्त्री थापाले उक्त विषयमा सोचिरहेको बताए पनि प्रष्ट जवाफचाहिँ दिएनन् । तर आइजी खनाल र उनको टिमले भने निर्मला पन्त प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुराएको छ ।

पछिल्लो पटक केन्द्रीय अनुसन्धान व्युरोसहित महानगरीय अपराध महाशाखाका अब्बल अधिकारीसहितको अनुसन्धान जारी छ । त्यहाँमाथि उक्त प्रकरणलाई आइजी खनाल आफैंले पनि परिणाम दिनेगरी काम गर्न निर्देशन दिँदै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...