Thursday 25th December 2025

अध्यक्ष बस्याल माथिको आरोप तथ्यहिन – नेपाल पत्रकार महासंघ युएई शाखा


तीतोपाटी-नेपाल पत्रकार महासंघ युएई शाखाले अध्यक्ष भुपराज बस्याल पक्राउ सम्बन्धमा एक बिज्ञप्ति जारी गर्दै विभिन्न संचारमाध्यममा आए जस्तो उनि गैरकानुनी काम कारबाहीमा संलग्न नरहेको प्रष्ट पारेको छ।

संघका कार्यवाहक अध्यक्ष लक्ष्मण खनाल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा केहि समय अघि आन्तरिक बिसयमा चिनियाँ नागरिक सङ भएको मतभेदका कारण बस्याल लाई प्रहरीले पक्राउ गरेको भएपनी सुलसुले डट कम लगाएता विभिन्न अन्लाईन बाट प्रकाशित समाचारमा भनेझै हुण्डी र चेक बाउन्सको कुनै मुद्दा नरहेको उल्लेख गरिएको छ।

बिज्ञप्तिमा सम्बन्धित सस्थाका प्रतिनिधिसंग सम्पर्क नगरी सुलसुले डटकमले केहि दिन अघि अध्यक्ष बस्यालले हुण्डी कारोबार गरेको र चेक बाउन्सको समेत मुद्दा  रहेको हुँदा उनि पक्राउ परेको भनी समाचार प्रकाशित गरेको सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको बताउदै तथ्यहिन समाचारले ब्यक्तिको चरित्र हत्या मात्र नभै सस्थाको समेत बदनाम भएको हुँदा त्यस्ता समाचार प्रकाशित गर्ने अन्लाईन संग समाचार पुष्टि हुने प्रमाण उपलब्ध गराउन माग गर्दै आरोप प्रमाणित भएमा बिधानत कारबाही गरिने जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...