Wednesday 13th May 2026

साप्ताहिक राशिफल(माघ १८ गते देखि २४ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष 

कार्य व्यस्ततामा साता व्यतीत हुनेछ । बाहिर मिजासिलो व्यवहार देखाउने मित्रहरूसँग सावधानी अपनाउनुमै आफ्नो भलो छ । हितैषीहरूसँग मन खोलेर कुरा गर्न अझ केही समय पखर्नुपर्नेछ । अरूको बढी विश्वास गर्दा हैरानी बेहोर्नुपर्ला ।

वृष

दुविधा हुँदाहँुदै गरिएको कार्यले उल्टो परिणाम दिनेछ । सानो लगानीबाटै लाभ लिन सकिनेछ । मन पराउने साथीहरूले घुमघामको प्रस्ताव राख्न सक्छन् । भ्रमणका क्रममा बढी नै खर्च होला । सवारी साधन प्रयोग गर्दा विशेष होसियारी अपनाउनुहोला ।

मिथुन 

कुनै पनि कार्य सम्पन्न गर्ने क्रममा अभिभावकहरूको रुचिको ख्याल गर्दा आर्थिक संकटबाट मुक्त भइनेछ । वनभोज तथा भ्रमणमा संलग्न हँुदा महत्वपूर्ण व्यक्तिहरूसँग परिचित हुने अवसर जुट्नेछ । आएका प्रस्तावहरूप्रति छिट्टै विश्वास नगर्नुमै आफ्नो भलो छ ।

कर्कट 

उपलब्धि देखाएर धेरैको मन जित्न सकिनेछ । पहिलेका समस्याहरू स्वत: सुल्झिँदै परिस्थिति अनुकूल हुँदै जानेछ । ज्ञान प्राप्तिको अवसर जुट्न सक्छ । आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधनसमेत जुटाउन सकिनेछ । सञ्चित धन खर्च भै आर्थिक संकट आइलाग्न सक्छ । मौसमी फेरबदलले स्वास्थ्य बाधा निम्त्याउनेछ ।

सिंह 

जीवनशैलीमा परिर्वतन ल्याउन लगनशीलताको आवश्यकता छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनसक्छ । मन मिल्ने साथीले आफ्नो नामको फाइदा उठाउन सक्छन् । सोमबारदेखि शुभचिन्तकहरूको साथ एवं विद्वान्हरूको सहयोग जुट्नेछ । सिर्जनशील रचनामार्फत धेरैको मन लोभ्याउन सकिनेछ ।

कन्या 

पहिलो भेटमै प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनुपर्नेछ । अभिभावक तथा ठूलाबडाको आशीर्वादले कार्य क्षेत्रमा प्रभुत्व जमाउन सहयोग मिल्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुने सम्भावना छ । केही समय अस्वस्थ एवं तनाव भएको अनुभव भए पनि स्वत: उत्साह जाग्नेछ भने शरीर पनि स्वस्थ रहनेछ ।

तुला 

पारिवारिक सुख–सुविधाका निम्ति केही सर–सामग्री खरिद गर्नुपर्ने हुनसक्छ । अवसरको खोजीमा थप दौडधूप गर्नुपर्ला । सहपाठीबीच गहिरो मित्रताको बन्धन कसिनेछ । परोपकारप्रति आकर्षित हुँदै प्रतिष्ठित कार्य सम्पन्न गर्न सकिनेछ । लामो तथा छोटा दूरीको यात्रा गर्दा खर्चले पिरोल्नेछ ।

वृश्चिक 

कार्य क्षेत्रमा उत्ताउलोपन प्रदर्शन गर्दा विवादमा परिएला । मङ्गलबारपछिका दिनमा थप ऊर्जा प्राप्त हुनेछ । अभिभावकहरूसँगको वैचारिक द्वन्द्वमा धेरै अघि नबढ्नुहोला । चुनौतीहरू यथास्थितिमै रहनेछन् । पहेंलो रंग प्रयोग गर्न सके समस्याको गाँठो फुकाउन केही सहज हुनेछ ।

धनु 

ज्ञान आर्जनका निम्ति विदेश जाने तिथि–मिति नजिकिँदै छ । स–साना गल्ती दोहोरिनेछन्, समयमै होसियारी अपनाउनुहोला । मेहनत अनुरूपको नतिजा प्राप्त गर्न अझै केही समय कुर्नुपर्नेछ । चिसोका कारण स्वास्थ्य बाधा सिर्जना भए पनि मंगलबारपछि स्वास्थ्य अनुकूल नै रहनेछ ।

मकर 

नीलो रंग प्रयोग गर्न सके काममा थप ऊर्जा मिल्नेछ । रोजगारीको नयाँ क्षेत्रमा पद बहाल गर्ने अवसर प्राप्त हुनसक्छ । पारिवारिक तथा सामाजिक हैसियत कायम राख्न जीवनशैलीमा परिर्वतनको आवश्यकता छ । पूण्य आर्जनमा केही समय खर्चनुपर्ने अवस्था छ । मनोरञ्जनमा सहभागी हुँदा खानपानमा ध्यान पुर्‍याउनुहोला ।

कुम्भ

साथीबीचबाटै प्रेम–प्रस्ताव प्राप्त हुन सक्छ । ढिलो गरी सम्पन्न गरिएका कार्यले सोचेजस्तो परिणाम नदिन सक्छ । आर्थिक व्यवहार तथा पारिवारिक वातावरणमा रुमल्दिँदा रोजगारीका सम्भावना ओझेलमा पर्न सक्छन् । राति सवारी साधन चलाउँदा थप सावधानी अपनाउनुहोला ।

मीन 

सामाजिक क्षेत्रमा गरिएका कार्यबाट नाम, दाम तथा सम्मान मिल्नेछ । पुख्र्यौली चल–अचल सम्पत्तिमा विवाद सिर्जना हुनसक्छ । सेयरमा आर्थिक लगानी गर्दा राम्रै मुनाफा हात लाग्नेछ । अर्काको अधीनमा गएको धन फिर्ता हुने प्रबल सम्भावना छ ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...