Sunday 21st June 2026

भेनेजुएलाका विपक्षी नेता हुवाँका परिवारलाई धम्की


तीतोपाटी-भेनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदोले राष्ट्रपति निकोलास मदुरोप्रति बफादार विशेष प्रहरीले आफ्ना परिवारजनलाई सोधपुछ गरेर मानसिक तनाब दिइरहेको बताएका छन् ।  गत हप्ता आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ३५ वर्षीय नेता गुइएदोले आफूलाई पनि सुरक्षा चुनौती रहेको बताए ।

प्रहरीको विशेष टोलीले विपक्षी नेता गुइएदोको घरमा गएर उनकी श्रीमतीसँग सोधीखोजी गरेको बताइएको छ । गुइएदोले काराकास विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला प्रहरी टोलीले उनकी श्रीमती फावियाना रोजालेससँग सोधीखोजी गरेको हो ।

राष्ट्रियसभाका नेता गुइएदोको घोषणाले राष्ट्रपति मदुरोलाई ठूलो चुनौती भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । युरोपेली देशका सांसदहरुले यसअघि नै गुइएदोलाई देशको कार्यबाहक प्रमुखको मान्यता दिँदै अगाडि बढ्न भनेका थिए । चीन, रुस लगायतका देशहरुले भने निकोलासलाई नै मान्यता दिँदै विद्रोही नेता गुएइदोको विपक्षमा उभिएका छन् ।

विदेशी समुदायको समर्थन रहेकाले राष्ट्रपति मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन् । मङ्गलबार मात्रै सर्वोच्च अदालतले गुएइदोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको जनाएको छ ।

लामो राजनीतिक सङ्घर्षका कारण चरम आर्थिक सङ्कट भोगिरहेको भेनेजुएलामा राजनीतिक द्वन्द्व थप बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन् । विपक्षीहरुले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर निकोलास मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि विवाद थप चर्किएको हो । –एएफपी


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...