Wednesday 18th February 2026

ब्राजिलमा फलाम खानीमा रहेको बाँध फुट्दा ९ जनाको मृत्यु, कम्तिमा ३ सय वेपत्ता


तितोपाटी – ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेका एउटा फलाम खानीमा रहेको बाँध भत्किँदा नौ जनाको मृत्यु हुनुका साथै कम्तीमा तीन सय जना हराइरहकोे अधिकारीहरुले बताएका छन्। बाँधमा रहेको क्याफेटेरियामा खाजा खाइरहेका कामदारहरु बाँध भत्किएर आएको हिलोले बगाएर लगेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। हिलोले पुरिएर नौजनाको मृत्यु भएको पुष्टि अधिकारीहरुले गरेका छन्।

ब्राजिलको मिनास गेराइस राज्यमा रहेको ब्रमादिन्हो सहर नजिकै रहेको सो बाँधस्थलमा उद्दारकर्ताहरुले माटो हटाउने मेसिन प्रयोग गरेर बेपत्ताको खोजी गरिरहेको बताइएको छ। बाँध भत्किएर हिलोले बगाएका कामदार जीवितै भेटिने सम्भावना अत्यन्तै न्यून रहेको सो राज्यका गभर्नर रोमेयू जेमाले बताएका छन्। ब्राजिलको सबैभन्दा ठूलो खानी कम्पनी भेलको स्वामित्वमा रहेको सो बाँध के कति कारणले भत्कियो भनेर हालसम्म पत्ता नलागेको अधिकारीहरुले बताएका छन्।

मिनास गेराइस राज्यमै रहेको मारियाना बाँध भत्किएको तीन वर्षपछि ब्रमादिन्हो भत्किएको छ। त्यसबेला मारियाना बाँध भत्किएर १९ जनाको मृत्यु भएको थियो। सो दुर्घटनालाई ब्राजिलको इतिहासमै सबैभन्दा खराब वातावरणीय प्रकोपका रूपमा लिइन्छ। फेइजाओ फलाम धाउ खानी नजिकै रहेको बाँध स्थानीय समयअनुसार शुक्रबार एक बजे भत्किएको हो। बाँध भत्किएपछि त्यसको ठ्याक्कै मुनि रहेको अर्को बाँधमा बाढी आएको थियो। बाँध भत्किएर निस्किएको माटोको लेदो बगेर नजिकैको खेत र अधिकांश कामदार बस्ने क्षेत्रतर्फ पुगेको थियो, जसका कारण कैयौं घर र सवारी साधनमा क्षतिसमेत पुगेको बताइएको छ।

उद्दार टोलीले दिएको जानकारी उल्लेख गर्दै ग्लोबो वेबसाइटले जनाएअनुसार भत्किएको बाँधको प्रशासनिक क्षेत्रको वरपरि करिब सयदेखि एक सय ५० मानिस रहेको थिए। जसमध्ये मिला  भेर्टिको क्षेत्रमा करिब ३० जना, नोभा स्टान्सिया इन क्षेत्रमा करिब ३५ जना र पार्क दास क्याकोइरस क्षेत्रमा सयदेखि एक सय ४० मानिस रहेका थिए। बाँध भत्किएपछि सडक अवरुद्ध भएका कारण सो क्षेत्रको वरपर रहेका र फसेका दर्जनौं मानिसलाई हेलिकप्टरमार्फत् खाली गराइएको बताइएको छ। सुरक्षा संवेदनशीलतका आधारमा सो बाँध नजिकै बस्नै बासिन्दालाई सुरक्षित स्थानतर्फ लगिएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत फाबियो स्काभार्ट्सम्यानका अनुसार बाँध क्षेत्रमा रहेका तीन सय कामदारमध्ये एक तिहाई कामदार मात्रै दुुर्घटनामा परेका छन्। स्थानीय अग्निनियन्त्रकले भने बेपत्ताको संख्या तीनसय भन्दा बढी हुनसक्ने बताएका छन्।


सम्बन्धित शीर्षकहरु

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

प्रतिकृयाहरू
...