Friday 10th October 2025

ब्ल्याक सीमा ग्याँस ट्यांकर बोकेको पानीजहाजमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु


तितोपाटी – क्रिमियाको तटीय क्षेत्रमा ग्यास टयांकर बोकेको पानीजहाजमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । ५ जना हराइरहेको अधिकारीहरुले जनाएका छन् । तान्जानियाको झण्डासहितको ग्यास टयांकरयुक्त पानीजहाज ब्ल्याक सीमा दुर्घटनामा परेको हो । रूसी अधिकारीले १४ जनालाई उद्धार गरेको जनाएका छन् । बेपत्ता ५ जनाको खोजी भइरहेको बताइएको थियो ।

रूसको संघीय जल यातायात निकायका प्रवक्ता अलेक्सी क्राभचेन्कोले ११ जनाको शव समुद्रबाट निकालिएको बताए । उनले उद्धारकर्मीहरुले अन्य ३ को शव देखेको बताएको जनाए । क्यान्डी र मइस्ट्रो नामका दुई पानीजहाजमा चालक दलका सदस्य तथा भारत र टर्कीका नागरिकहरु रहेको बताइएको छ । क्यान्डीमा १७ तथा मइस्ट्रोमा १४ जना चालक दलका सदस्य थिए ।

एक जहाजबाट अर्कोमा तेल भर्ने क्रममा अचानक आगो लागेको बीबीसीले जनाएको छ । आगलागी सुरु हुनासाथ चालक दलका सदस्यहरु पानीमा हामफालेका थिए । क्राभचेन्कोले खोज तथा उद्धार कार्य जारी रहेको बताए । दुर्घटना ब्ल्याक सीको कर्च स्ट्रेट नजिक भएको हो । उक्त स्थान गत वर्षदेखि रूस र युक्रेनको विवादको केन्द्रमा रहेको छ । गत नोभेम्बरमा रूसले कर्च स्ट्रेटमा ३ युक्रेनी नौसैनिक जहाजमाथि जहाज आक्रमण गरी नियन्त्रणमा लिएको थियो ।


सम्बन्धित शीर्षकहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

प्रतिकृयाहरू
...