Sunday 12th April 2026

अफगानिस्तानमा तालीबानले गरेको हमलामा परि कम्तिमा ४५ जनाको मृत्यु


तितोपाटी – अफगानिस्तानमा सोमबारको तालिबानी हमलामा परी कम्तिमा ४५ जनाको ज्यान गएको अधिकारीहरुले वताएका छन्। अफगानिस्तानको पूर्वी प्रान्तस्थित सैनिक क्याम्प नजिकै भएको उक्त हमलामा मृत्यु हुनेहरुमा अधिकांश सैनिक जवान रहेको उनीहरुले पुष्टि गरेका छन्।

मृत्यु हुनेहरुको संख्या बढ्दै गएकोले यहाँको स्थिति चिन्ताजनक र डरलाग्दो रहेको मेडन वर्दक प्रान्तका काउन्सील सदस्य खवानिन् सुल्तानले अन्तर्राष्ट्रिय समाचार संस्था एपीलाई भनेका छन्। मेडन वर्दक प्रान्त काबुलभन्दा ठिक बाहिर रहेको र जहाँ सरकार समर्थित सैनिकहरुको तालिम केन्द्र समेत रहेको छ।

सुल्तानीका अनुसार आत्मघाती हमलाकारीहरु समानहरुले भरिभराउ भएको सवारीलाई जबरजस्ती बिल्डिङभित्र छिराएका थिए। त्यसको लगत्तै चार जना हमलाकरीले गोली अन्धाधुन्द गोली चलाएका थिए। गोली चलाउने सवै मारिएको अफगानी अधिकारीहरुले जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...