Monday 22nd December 2025

भारतमा स्वाइन फ्लुको प्रकोप बढ्दो, २ हप्ता भित्रमा ४० भन्दा बढीको मृत्यु


तितोपाटी – भारतको पश्चिमी क्षेत्रमा नयाँ वर्ष सन् २०१९ को सुरुवातमा फैलिएको स्वाइन फ्लुका कारण हालसम्म कम्तीमा ४० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार १ हजारभन्दा बढी बिरामी परेका छन् । भारतको नयाँदिल्ली र राजस्थानसहित पश्चिमी र उत्तरी राज्यमा उनीहरूको मृत्यु भएको हो ।

अधिकारीका अनुसार बिरामीलाई सेवा दिन प्रभावित क्षेत्रमा सरकारले घरदैलोमै उपचार अभियान चलाएको बताइएको छ ।त्यसैगरी स्वास्थ्य अधिकारीहरूले यस्ता रोगका बारेमा जनचेतनामूलक कार्यक्रम पनि चलाइएको बताएका छन् ।

स्वाइन फ्लुबाट विशिष्ट व्यक्ति पनि बिरामी भएका छन् । तीमध्ये सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि छन् ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...