Wednesday 18th February 2026

भारतमा स्वाइन फ्लुको प्रकोप बढ्दो, २ हप्ता भित्रमा ४० भन्दा बढीको मृत्यु


तितोपाटी – भारतको पश्चिमी क्षेत्रमा नयाँ वर्ष सन् २०१९ को सुरुवातमा फैलिएको स्वाइन फ्लुका कारण हालसम्म कम्तीमा ४० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार १ हजारभन्दा बढी बिरामी परेका छन् । भारतको नयाँदिल्ली र राजस्थानसहित पश्चिमी र उत्तरी राज्यमा उनीहरूको मृत्यु भएको हो ।

अधिकारीका अनुसार बिरामीलाई सेवा दिन प्रभावित क्षेत्रमा सरकारले घरदैलोमै उपचार अभियान चलाएको बताइएको छ ।त्यसैगरी स्वास्थ्य अधिकारीहरूले यस्ता रोगका बारेमा जनचेतनामूलक कार्यक्रम पनि चलाइएको बताएका छन् ।

स्वाइन फ्लुबाट विशिष्ट व्यक्ति पनि बिरामी भएका छन् । तीमध्ये सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि छन् ।


सम्बन्धित शीर्षकहरु

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

प्रतिकृयाहरू
...