Friday 5th June 2026

कोलम्बियामा विद्यालय बाहिर कार बम विष्फोट हुँदा ९ को मृत्यु, ३८ घाइते


तितोपाटी – कोलम्बियाको राजधानी बोगोटामा भएको एक कार बम बिस्फोटमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । घाइतेमध्ये एक पनामा र इक्वाडोरका नागरिक पनि छन् ।

यो बिस्फोट बोगोटा शहरको दक्षिणी भागमा एक पुलिस क्याडेट स्कूलको बाहिर भएको हो । बिस्फोट स्थानीय समयानुसार साढे ९ बजे भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार एक कार स्कूल बाहिर तीब्र गतीमा आयो र चेकप्वाइन्टमा जब सुरक्षाकर्मीले त्यसलाई रोक्ने कोसिस गरे तब ड्राइभरले कारको गती बढाइदिए जसका कारण कार पर्खालमा ठोक्कियो । कार ठोक्किने बित्तिकै ठूलो आवाजमा पड्कियो ।

बिस्फोट हुनु केही दिन अघि स्कूलमा एक समारोह सम्पन्न भएको थियो जसमा पुलिस अधिकारीको बढुवा गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को पूर्वी क्षेत्रमा विद्रोही समूह एडीएफले गरेको आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ,…

सरकारले युरोपका देशहरूमा नेपाली श्रमिकलाई व्यवस्थित रूपमा पठाउने प्रक्रिया संस्थागत रूपमा खोल्ने तयारी गरेको छ, ताकि व्यक्तिगत रूपमा जाँदा हुने…

नेपाली महिला फुटबल टोली साफ च्याम्पियनसिपको सेमिफाइनलमै बंगलादेशसँग २–१ ले पराजित हुँदै बाहिरिएको छ, जसले उपाधिविहीन यात्रालाई निरन्तरता दिएको छ।…

प्रतिकृयाहरू
...