Sunday 21st December 2025

कोलम्बियामा विद्यालय बाहिर कार बम विष्फोट हुँदा ९ को मृत्यु, ३८ घाइते


तितोपाटी – कोलम्बियाको राजधानी बोगोटामा भएको एक कार बम बिस्फोटमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । घाइतेमध्ये एक पनामा र इक्वाडोरका नागरिक पनि छन् ।

यो बिस्फोट बोगोटा शहरको दक्षिणी भागमा एक पुलिस क्याडेट स्कूलको बाहिर भएको हो । बिस्फोट स्थानीय समयानुसार साढे ९ बजे भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार एक कार स्कूल बाहिर तीब्र गतीमा आयो र चेकप्वाइन्टमा जब सुरक्षाकर्मीले त्यसलाई रोक्ने कोसिस गरे तब ड्राइभरले कारको गती बढाइदिए जसका कारण कार पर्खालमा ठोक्कियो । कार ठोक्किने बित्तिकै ठूलो आवाजमा पड्कियो ।

बिस्फोट हुनु केही दिन अघि स्कूलमा एक समारोह सम्पन्न भएको थियो जसमा पुलिस अधिकारीको बढुवा गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...