Thursday 22nd January 2026

नेपाली जनएकता सेवा समाज कुवेतको तेश्रो वार्षिक उत्सवको सम्पूर्ण तयारी पुरा


बसन्त थापा- नेपाली जनएकता सेवा समाज कुवेतले आगामी जुन १५ / २०१८/ शुक्रवार ईदको दिन गर्ने भनिएको तेश्रो वार्षिक उत्सव तथा संस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रम कुवेतको फर्वानिया सिटी स्थित अल हैतम रेष्टुरेण्टको पछाड़ी  पट्टी युनिक आडोटोरीयम हलमा सम्पन्न हुने भएको छ।

“एकता नै हाम्रो चाहाना,सेवा नै हाम्रो धर्म हो ” भन्ने मुल नाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जन एकता सेवा समाज कुवेतको यो भने तेश्रो वार्षिक उत्सव रहेको छ।

उक्त कार्यक्रमको दिन कुवेतमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्दी जिवी,समाज सेवी, पत्रकार, कलाकार,खेलाडी, राजनीतिक पार्टी तथा सम्पूर्ण नेपाली जन समुदाय लाई कार्यक्रमा उपस्थित भईदिनु हुन संस्थाले अनुरोध गरेको छ।

कार्यक्रम हुने दिन : ईदको दिन

स्थान: यूनिक आडिटोरियम हल फर्वनीया (अलहैतम रेष्टुरेण्ट भन्दा ५० मिटर पछाडि)

समय: बिहान १०: बजे

सम्पर्क नं: ५०११९७०३/ ९७२२४९०८


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...