Tuesday 20th October 2026

इरानमा कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु


तितोपाटी – रानको राजधानी तेहरान नजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा सवार १५ जनाकाे मृत्यु भएकाे छ भने एककाे जिवितै उद्धार गरिएकाे छ।

कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रकाे एउटा भवनमा ठाेकिन पुगेकाे थियो। घटनास्थल तेहरानदेखि ४० किलोमिटर पश्चिममा पर्छ। काराजको पायम विमानस्थलमा अवतरण गरिनुपर्ने उक्त विमान अकस्मात फाथ विमानस्थलमा अवतरण गराइएको इरान रेड क्रिसेन्ट सोसाइटीका प्रमुख नासिर कार्खसाजलाई उद्धृत गरी आइएसएनएले जनाएको छ।

इरानी सेनाका अनुसार विमानमा रहेका १६ जनामध्ये एक उडान इन्जिनियरलाई मात्रै जीवित अवस्थामा फेला पारिएको छ। उनकाे अपस्पतालमा उपचार भइरहेकाे छ।


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...