Tuesday 16th December 2025

कुवेतमा दर्शन सांगीतिक धमाका २०१९ हुने


तिताेपाटी – दर्शन ठकुरि समाज कुवेतले रमजानको छुट्टिको अवसर पारेन बृहत् सांगीतिक धमाकाको आयोजना गर्ने भएको छ । नेपालका चर्चित अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ ।
हिजो समाजको हवाली स्थित अध्यक्ष निवासमा बसेको कार्यसमितिको बृहत् बैठकले उक्त निर्णय पारित गर्दै जुन ७ तारिक शुक्रवार २०१९ का दिन सांगीतिक धमाका आयोजना गर्ने कार्य तय गरेको हो , भने  कलाकार वारे छिट्टै जानकारी दिने जनाएको छ। 
साथै समाजले हीजो परेको राष्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाको स्मरण गर्दै दिप प्रज्लवन तथा तस्बिरमा फुलमाला अर्पण गरिएको थियो ।

 


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...