Saturday 12th September 2026

युद्धको बीचमा समुद्रमा पौडी सिक्दै गाजाका बालबालिका


गाजामा युद्धले खेलमैदान, विद्यालय र पौडी पोखरीसमेत ध्वस्त बनाइरहेका बेला Tantish Swimming Academy ले बालबालिकालाई समुद्रमै पौडी सिकाउने अभियान सुरु गरेको छ। पौडी खेलाडी तथा प्रशिक्षक अमजद तन्तिशले सन् १९९९ मा स्थापना गरेको अकादमी सुरुमा उनको ओलम्पिक खेलाडी बन्ने सपनासँग जोडिएको थियो। व्यावसायिक रूपमा पौडी खेल्न ढिला सुरु गरेका अमजदले अन्ततः बालबालिकालाई पौडी सिकाएर आफ्नो सपना फरक ढंगले अघि बढाउने बाटो रोजे।

सन् २००८ पछि गाजामा भएका युद्धहरूले बालबालिकाको जीवनमा गहिरो मानसिक असर पारेपछि अमजदले आफ्नो अभियानलाई युद्धबाट प्रभावित, अनाथ, विस्थापित तथा अंग गुमाएका बालबालिकातर्फ केन्द्रित गरे। विशेषगरी सन् २०२३ पछि अवस्था झन् कठिन बनेको उनको अनुभव छ। इजरायली आक्रमणका कारण गाजाका धेरै पौडी पोखरी नष्ट भएपछि बालबालिकालाई पौडी सिकाउने अभियानका लागि उनले समुद्रलाई नै खुला पौडी पोखरी बनाउने प्रयास थाले।

हालसम्म यो अभियानले सयौँ बालबालिकालाई निःशुल्क पौडी सिकाइसकेको छ र आगामी दिनमा हजारौँ बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ। ‘Swim With Gaza’ को सहयोगमा सञ्चालन भइरहेको कार्यक्रममा अगस्टको अन्त्यतिर Gaza Swimming Carnival आयोजना गर्ने तयारीसमेत गरिएको छ। त्यसै अवसरमा विश्वका विभिन्न स्थानमा मानिसहरूले International Swim With Gaza मार्फत गाजाका बालबालिकासँग ऐक्यबद्धता जनाउनेछन्। युद्धको भय र पीडाबीच उनीहरूका लागि केही क्षण खुसी, आत्मविश्वास र स्वतन्त्रताको अनुभूति दिलाउने यो अभियान आफैंमा आशाको एउटा सानो तर अर्थपूर्ण कथा बनेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा क्रियाशील सामाजिक संस्था रुपन्देही सेवा समाज कुवेतले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा आर्थिक सहयोग प्रदान गरेको…

दक्षिण लेबनानमा इजरायली–हिजबुल्लाह तनाव फेरि बढ्ने संकेत देखिएको छ। इजरायली सेनाले अली अल–ताहेर क्षेत्रमा हिजबुल्लाहको २ किलोमिटरभन्दा लामो भूमिगत संरचना…

अमेरिका–इजरायलको इरानमाथिको संयुक्त सैन्य कारबाहीपछि मध्यपूर्वको शक्ति–सन्तुलन झन् जटिल बन्दै गएको छ। पछिल्लो घटनाक्रममा इरानले होर्मुज जलडमरूमध्यमार्फत दबाब कायम राखेको…

प्रतिकृयाहरू
...