Friday 23rd October 2026

वैदेशिक रोजगार बोर्डद्वारा स्वास्थ्य उपचार सहायता सम्बन्धी सूचना जारी


वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र उनका परिवारलाई समयमै निवेदन दिन आग्रह गरेको छ।

बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका कामदार करार अवधिभित्र वा करार समाप्त भएको एक वर्षभित्र अंगभंग वा गम्भीर बिरामी भएमा आर्थिक सहायता प्राप्त गर्न सक्नेछन्। सहायता प्राप्त गर्न सम्बन्धित व्यक्तिले तोकिएको समयभित्र निवेदन दर्ता गर्नुपर्नेछ।

बोर्डले मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन, हेड इन्जुरी, स्पाइनल इन्जुरी तथा सिकलसेल एनिमिया जस्ता रोगका लागि मात्र आर्थिक सहायता उपलब्ध गराइने जनाएको छ। साथै, परिवारका सदस्यको उपचार खर्चका लागि पनि केही निश्चित गम्भीर रोगमा मात्र सहायता दिइने व्यवस्था रहेको छ।

बोर्डले सकेसम्म स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत निवेदन पेश गर्न तथा आवश्यक कागजातसहित वडाको सिफारिस अनिवार्य रूपमा संलग्न गर्न अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...