Friday 23rd October 2026

नेपालका क्यान्सर पीडितलाई जन-जागृति युवा समाज कुवेतद्वारा आर्थिक सहयोग


जन-जागृति युवा समाज कुवेतले काभ्रेपलाञ्चोक जिल्ला, साविक महेन्द्रज्योति गाविस वडा नं. २ (हाल बनेपा नगरपालिका वडा नं. १२) निवासी ४० वर्षीय शहदेव खड्कालाई आर्थिक सहयोग प्रदान गरेको छ।

घाँटीजस्तो संवेदनशील अंगमा क्यान्सर रोगको उपचार गराइरहेका आर्थिक अवस्था कमजोर भएका खड्काको स्वास्थ्यलाभको कामना गर्दै समाजले ५१.५०० कुवेती दिनार (नेपाली रुपैयाँ २५ हजार ४५५ बराबर) राहत रकम हस्तान्तरण गरेको हो।

समाजका अध्यक्ष रामबहादुर तामाङ योन्जनका अनुसार विदेशमा रहेका नेपालीहरूबीचको सहकार्य र मानवीय भावनालाई आत्मसात गर्दै बिरामीलाई सहयोग प्रदान गरिएको हो। उनले शहदेव खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक परे आगामी दिनमा पनि सहयोगका लागि समाज तत्पर रहने बताए।

जन-जागृति युवा समाज कुवेतले पछिल्ला वर्षहरूमा विभिन्न सामाजिक, मानवीय तथा परोपकारी कार्यहरू सञ्चालन गर्दै आएको छ। यस आर्थिक सहयोगले क्यान्सर उपचारमा संघर्षरत खड्का परिवारलाई केही राहत पुग्ने विश्वास गरिएको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...