Saturday 3rd October 2026

नेपालका क्यान्सर पीडितलाई जन-जागृति युवा समाज कुवेतद्वारा आर्थिक सहयोग


जन-जागृति युवा समाज कुवेतले काभ्रेपलाञ्चोक जिल्ला, साविक महेन्द्रज्योति गाविस वडा नं. २ (हाल बनेपा नगरपालिका वडा नं. १२) निवासी ४० वर्षीय शहदेव खड्कालाई आर्थिक सहयोग प्रदान गरेको छ।

घाँटीजस्तो संवेदनशील अंगमा क्यान्सर रोगको उपचार गराइरहेका आर्थिक अवस्था कमजोर भएका खड्काको स्वास्थ्यलाभको कामना गर्दै समाजले ५१.५०० कुवेती दिनार (नेपाली रुपैयाँ २५ हजार ४५५ बराबर) राहत रकम हस्तान्तरण गरेको हो।

समाजका अध्यक्ष रामबहादुर तामाङ योन्जनका अनुसार विदेशमा रहेका नेपालीहरूबीचको सहकार्य र मानवीय भावनालाई आत्मसात गर्दै बिरामीलाई सहयोग प्रदान गरिएको हो। उनले शहदेव खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक परे आगामी दिनमा पनि सहयोगका लागि समाज तत्पर रहने बताए।

जन-जागृति युवा समाज कुवेतले पछिल्ला वर्षहरूमा विभिन्न सामाजिक, मानवीय तथा परोपकारी कार्यहरू सञ्चालन गर्दै आएको छ। यस आर्थिक सहयोगले क्यान्सर उपचारमा संघर्षरत खड्का परिवारलाई केही राहत पुग्ने विश्वास गरिएको छ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...