Sunday 4th October 2026

कुवेतमा ६ महिनादेखि सम्पर्कविहीन पूजा तामाङ, खोजी तथा उद्धारका लागि पहल


कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले नेपाली राजदूतावास कुवेतसँग उनको खोजी तथा उद्धारका लागि पहल गर्न अनुरोध गरेको छ।

वडा कार्यालयका अनुसार करिब १० महिनाअघि कुवेत पुगेकी पूजा पछिल्लो ६ महिनादेखि परिवारसँग सम्पर्कविहीन छिन्। लामो समयसम्म परिवारसँग सम्पर्क हुन नसकेपछि परिवारले वडा कार्यालयमार्फत नेपाली राजदूतावास कुवेतमा खोजी तथा उद्धारका लागि निवेदन दिएको हो।

वडा कार्यालयले दूतावासलाई पठाएको पत्रको बोधार्थ एनआरएनए एनसीसी कुवेत र नेपाल पत्रकार महासंघ कुवेत शाखालाई समेत दिएको छ।

पूजा तामाङका सम्बन्धमा कुनै जानकारी प्राप्त भएका वा उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरूले उनको परिवार वा नेपाली राजदूतावास कुवेतलाई तत्काल जानकारी गराइदिन अनुरोध गरिएको छ।

यस घटनाले वैदेशिक रोजगारीका क्रममा विदेश जानुअघि सम्बन्धित निकायबाट श्रम स्वीकृति लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने विषयलाई समेत पुनः स्मरण गराएको छ। प्रतिबन्धित वा अवैधानिक बाटोबाट घरेलु कामदारका रूपमा विदेश जाँदा समस्या परेमा उद्धार, कानुनी सहायता तथा सरकारी सेवामा पहुँच प्राप्त गर्न कठिनाइ हुन सक्ने भएकाले सम्बन्धित निकायले तोकेको कानुनी प्रक्रिया पूरा गरेर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरिएको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...