Wednesday 28th October 2026

कुवेतमा ६ महिनादेखि सम्पर्कविहीन पूजा तामाङ, खोजी तथा उद्धारका लागि पहल


कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले नेपाली राजदूतावास कुवेतसँग उनको खोजी तथा उद्धारका लागि पहल गर्न अनुरोध गरेको छ।

वडा कार्यालयका अनुसार करिब १० महिनाअघि कुवेत पुगेकी पूजा पछिल्लो ६ महिनादेखि परिवारसँग सम्पर्कविहीन छिन्। लामो समयसम्म परिवारसँग सम्पर्क हुन नसकेपछि परिवारले वडा कार्यालयमार्फत नेपाली राजदूतावास कुवेतमा खोजी तथा उद्धारका लागि निवेदन दिएको हो।

वडा कार्यालयले दूतावासलाई पठाएको पत्रको बोधार्थ एनआरएनए एनसीसी कुवेत र नेपाल पत्रकार महासंघ कुवेत शाखालाई समेत दिएको छ।

पूजा तामाङका सम्बन्धमा कुनै जानकारी प्राप्त भएका वा उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरूले उनको परिवार वा नेपाली राजदूतावास कुवेतलाई तत्काल जानकारी गराइदिन अनुरोध गरिएको छ।

यस घटनाले वैदेशिक रोजगारीका क्रममा विदेश जानुअघि सम्बन्धित निकायबाट श्रम स्वीकृति लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने विषयलाई समेत पुनः स्मरण गराएको छ। प्रतिबन्धित वा अवैधानिक बाटोबाट घरेलु कामदारका रूपमा विदेश जाँदा समस्या परेमा उद्धार, कानुनी सहायता तथा सरकारी सेवामा पहुँच प्राप्त गर्न कठिनाइ हुन सक्ने भएकाले सम्बन्धित निकायले तोकेको कानुनी प्रक्रिया पूरा गरेर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरिएको छ।


सम्बन्धित शीर्षकहरु

सर्बियामा दुई वर्षअघि भएको रेल स्टेशन दुर्घटनापछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। नोभी साद शहरको…

जोर्डनले दक्षिणी सिरियामा गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस) समूहका २० भन्दा बढी लडाकु मारिएको दाबी गरेको छ। मंगलबार सार्वजनिक…

कुवेत/तेहरान, २७ अक्टोबर। इरानी संसद्का अध्यक्ष मोहम्मद बागेर गालिबाफले देशका सर्वोच्च नेता मुज्तबा खामेनेई पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्।…

प्रतिकृयाहरू
...