घनघोर बादल गर्जिए, हरियो भयो वन,
शीतल बूँद झरेपछि, हर्षित भयो मन।
खोला नाला मुस्कुराए, बग्न थाले गीत,
धरतीमाथि छरियो फेरि, जीवनको संगीत॥
इन्द्रेणीले गगनभरि, रङ्ग अनेक छर्यो,
चरीहरूको मधुर स्वरले, वनवनै भर्यो।
धानका ती हरिया बाला, हावासँगै हाँसे,
किसानका ती आशाका दीप, खेतभित्रै बाँसे॥
माटोको त्यो मीठो बास्ना, मनमुटुसम्म पुग्यो,
सुक्खा सपना वर्षासँगै, फेरि नयाँ बन्यो।
प्रकृतिको यो अनुपम लीला, सधैँ रहोस् प्यारो,
जल, जमिन र जीव जोगाऔँ, यही हो धर्म हाम्रो॥
✍️ गोबिन्द राज ओझा (राजन)