Thursday 15th October 2026

कुवेतमा भीषण गर्मी सुरु हुँदै, विद्युत् बचत गर्न सरकारको आग्रह


कुवेतमा जुलाई १६ पछि वर्षकै सबैभन्दा तातो मौसम सुरु हुने भएकाले विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले नागरिक र बासिन्दालाई विद्युत् खपत घटाउन आग्रह गरेको छ।

मौसम विभागका अनुसार जुलाईको मध्यदेखि अगस्ट २१ सम्म देशमा वर्षकै उच्च तापक्रम मापन हुने गर्छ। जुलाई २९ पछि सुरु हुने “मरजम” मौसममा विशेषगरी तटीय क्षेत्रमा आर्द्रता बढ्ने र गर्मीसँगै उमस पनि बढ्ने अपेक्षा गरिएको छ।

बढ्दो तापक्रमसँगै राष्ट्रिय विद्युत् प्रणालीमा अत्यधिक चाप पर्ने भएकाले मन्त्रालयले Sahel एपमार्फत सूचना जारी गर्दै सबैको सहकार्य आवश्यक रहेको जनाएको छ।

मन्त्रालयले खाली कोठामा एयर कन्डिसनरको तापक्रम २४ डिग्री सेल्सियस वा सोभन्दा माथि राख्न, प्रयोगमा नरहेका बत्ती तथा विद्युतीय उपकरण बन्द गर्न तथा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बढी विद्युत् खपत हुने उपकरणको प्रयोग सकेसम्म नगर्न अनुरोध गरेको छ।

ऊर्जा बचतसम्बन्धी ग्रीष्मकालीन जनचेतना अभियानअन्तर्गत मन्त्रालयले “Save… Make a Difference” (बचत गरौं, परिवर्तन ल्याऔं) भन्ने नारासहित सबैलाई जिम्मेवार रूपमा विद्युत् प्रयोग गर्न अपिल गरेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...