Saturday 28th February 2026

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने


कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक बैठक ले उक्त सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको हो।

बैठक Asian Chula Nepali Restaurant मा संस्थाका अध्यक्ष श्री विष्णुप्रसाद भट्टराई को अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकले नेपालबाट बहुचर्चित तथा ख्यातिप्राप्त कलाकारहरूलाई आमन्त्रण गरी कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको जनाइएको छ।

उक्त कार्यक्रम संस्थाको १४ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्न लागिएको हो।

कार्यक्रमको मिति २०८३ साल बैशाख ११ गते, शुक्रबार (अप्रिल २४, २०२६) तय गरिएको छ। कार्यक्रम स्थल तथा कलाकारहरूको नाम भने आगामी सूचनामार्फत सार्वजनिक गरिने मञ्चले जनाएको छ।

यसैबीच, सोही दिन अन्य नेपाली संघ–संस्थाहरूलाई कार्यक्रम नजुधाइदिन अनुरोध गर्दै मञ्चले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक आह्वान गरेको छ। सबैको साथ, सहयोग र उपस्थितिले कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन सहयोग पुग्ने विश्वास आयोजकको छ।


सम्बन्धित शीर्षकहरु

बेइरुत/तेहरान/तेलअभिव — इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको चर्चा चुलिँदै जाँदा मध्यपूर्वको शक्ति–सन्तुलनमा इरानसमर्थित सशस्त्र समूह हिज्बुल्लाह को भूमिकामाथि नयाँ प्रश्न…

निर्वाचनको संघारमा चार पूर्व प्रधानसेनापति दिल्लीमा: अर्थपूर्ण संकेत कि नियमित भेटघाट ? काठमाडौँ, फागुन १५ — नेपालमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी…

काबुल/इस्लामाबाद — अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा पछिल्ला दिनहरूमा सैन्य झडप तीव्र बन्दै गएको छ । दुवै पक्षले एकअर्कामाथि ठूला सैन्य क्षति…

प्रतिकृयाहरू
...