Wednesday 28th October 2026

कुवेतमा श्रम संस्कृति महा अभियानको घोषणा सभा जनवरी १६ मा हुने


धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी १६, २०२६ मा औपचारिक घोषणा सभा आयोजना गर्ने भएको छ।

प्रकृति, संस्कृति र प्रविधिको समन्वयमार्फत विकास र समृद्धिको लक्ष्यसहित स्थापना गरिएको यस अभियानको तदर्थ समिति कुवेतमा श्रीमती इन्दिरा राईको संयोजकत्वमा गठन भइसकेको छ। समितिको पहिलो औपचारिक बैठक २०२५ नोभेम्बर २८, शुक्रबार का दिन साल्मियास्थित गोर्खा किचन रेस्टुरेन्ट मा सम्पन्न भएको थियो।

हालसम्म सयौँ श्रमजीवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू श्रम संस्कृति महा अभियानमा आबद्ध भइसकेका छन्। प्रवासमा रहेका नेपाली श्रमिकहरूको हकहित, चेतना र एकतालाई थप मजबुत बनाउँदै अभियानलाई निरन्तर रूपमा अगाडि बढाउने उद्देश्यले कुवेतवासी नेपाली श्रमिकहरूलाई अभियानमा जोडिन निरन्तर आह्वान गरिँदै आएको छ।

यसै सन्दर्भमा, आगामी जनवरी १६, २०२६ शुक्रबार का दिन कुवेतको फर्वनिया स्थित नौसाद सिग्नेचर होटल मा कुवेतमा क्रियाशील विभिन्न नेपाली संघ–संस्था, बुद्धिजीवी, पत्रकार तथा समाजसेवीहरूको उपस्थितिमा श्रम संस्कृति महा अभियानको औपचारिक घोषणा सभा आयोजना गर्ने निर्णय गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

प्रतिकृयाहरू
...