Saturday 28th February 2026

कुवेतमा श्रम संस्कृति महा अभियानको घोषणा सभा जनवरी १६ मा हुने


धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी १६, २०२६ मा औपचारिक घोषणा सभा आयोजना गर्ने भएको छ।

प्रकृति, संस्कृति र प्रविधिको समन्वयमार्फत विकास र समृद्धिको लक्ष्यसहित स्थापना गरिएको यस अभियानको तदर्थ समिति कुवेतमा श्रीमती इन्दिरा राईको संयोजकत्वमा गठन भइसकेको छ। समितिको पहिलो औपचारिक बैठक २०२५ नोभेम्बर २८, शुक्रबार का दिन साल्मियास्थित गोर्खा किचन रेस्टुरेन्ट मा सम्पन्न भएको थियो।

हालसम्म सयौँ श्रमजीवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू श्रम संस्कृति महा अभियानमा आबद्ध भइसकेका छन्। प्रवासमा रहेका नेपाली श्रमिकहरूको हकहित, चेतना र एकतालाई थप मजबुत बनाउँदै अभियानलाई निरन्तर रूपमा अगाडि बढाउने उद्देश्यले कुवेतवासी नेपाली श्रमिकहरूलाई अभियानमा जोडिन निरन्तर आह्वान गरिँदै आएको छ।

यसै सन्दर्भमा, आगामी जनवरी १६, २०२६ शुक्रबार का दिन कुवेतको फर्वनिया स्थित नौसाद सिग्नेचर होटल मा कुवेतमा क्रियाशील विभिन्न नेपाली संघ–संस्था, बुद्धिजीवी, पत्रकार तथा समाजसेवीहरूको उपस्थितिमा श्रम संस्कृति महा अभियानको औपचारिक घोषणा सभा आयोजना गर्ने निर्णय गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालको निर्वाचन–राजनीति फेरि एकपटक असहज प्रश्नहरूको घेरामा छ। चुनाव नजिकिँदै गर्दा बीबीसी ले जेन्जी आन्दोलनसम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गर्‍यो। त्यसले…

बेइरुत/तेहरान/तेलअभिव — इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको चर्चा चुलिँदै जाँदा मध्यपूर्वको शक्ति–सन्तुलनमा इरानसमर्थित सशस्त्र समूह हिज्बुल्लाह को भूमिकामाथि नयाँ प्रश्न…

निर्वाचनको संघारमा चार पूर्व प्रधानसेनापति दिल्लीमा: अर्थपूर्ण संकेत कि नियमित भेटघाट ? काठमाडौँ, फागुन १५ — नेपालमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी…

प्रतिकृयाहरू
...