Saturday 28th February 2026

कुवेतस्थित किरात राई यायोक्खाको चौथो अधिवेशन फेब्रुअरी १३ मा हुने


कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।

“भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण, किरात राईहरूको साझा अभियान” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त अधिवेशनमा किरात राई यायोक्खा केन्द्रीय समितिका अध्यक्ष जीवन हाताचो राईको विशेष आतिथ्यता रहनेछ। सो जानकारी संस्थाका अध्यक्ष उमेश राईले दिएका हुन्।

अधिवेशनमार्फत संस्थाको हालसम्मको गतिविधि समीक्षा गर्नुका साथै आगामी कार्यदिशा, संगठन सुदृढीकरण र नेतृत्व चयनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिने अपेक्षा गरिएको छ। कार्यक्रममा कुवेतमा रहेका किरात राई समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।

किरात राई यायोक्खाले कुवेतमा बसोबास गर्दै आएका सम्पूर्ण नेपाली समुदाय तथा विभिन्न संघ–संस्थालाई अधिवेशनमा सहभागी भई आपसी सहकार्य र सद्भाव प्रवर्द्धन गर्न हार्दिक अनुरोधसमेत गरेको छ।


सम्बन्धित शीर्षकहरु

नेपालको निर्वाचन–राजनीति फेरि एकपटक असहज प्रश्नहरूको घेरामा छ। चुनाव नजिकिँदै गर्दा बीबीसी ले जेन्जी आन्दोलनसम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गर्‍यो। त्यसले…

बेइरुत/तेहरान/तेलअभिव — इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको चर्चा चुलिँदै जाँदा मध्यपूर्वको शक्ति–सन्तुलनमा इरानसमर्थित सशस्त्र समूह हिज्बुल्लाह को भूमिकामाथि नयाँ प्रश्न…

निर्वाचनको संघारमा चार पूर्व प्रधानसेनापति दिल्लीमा: अर्थपूर्ण संकेत कि नियमित भेटघाट ? काठमाडौँ, फागुन १५ — नेपालमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी…

प्रतिकृयाहरू
...