Friday 21st August 2026

नेपाली राजदूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


नेपाली राजदूतावास, कुवेतको आयोजनामा कुवेतमा रहेका नेपाली नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविर २०२५ मार्च २६ तारिखका दिन कुवेतस्थित Bouvardia MMC Medical Center को परिसरमा आयोजना गरिएको थियो।

शिविरमा सहभागी नेपालीहरूलाई निःशुल्क रूपमा सामान्य स्वास्थ्य परीक्षण, रक्त परीक्षण, रक्तचाप (ब्लड प्रेसर), मधुमेह, कोलेस्ट्रोल जाँच तथा विशेषज्ञ चिकित्सकद्वारा परामर्श सेवा प्रदान गरिएको थियो। शिविरमा सयौँ नेपाली कामदार तथा समुदायका सदस्यहरूले सेवा लिएका थिए।

स्वास्थ्य शिविरको सफल आयोजनाका लागि Metro Medical Group, Bouvardia MMC Medical Center का चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले उल्लेखनीय सहयोग पुर्‍याएका थिए। साथै, गैरआवासीय नेपाली संघ (NRNA) कुवेत, नेपाली पत्रकार महासंघ कुवेत शाखा लगायत विभिन्न संघ–संस्थाको पनि सहयोग रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली राजदूतावास कुवेतका तर्फबाट उपस्थित अधिकारीहरूले कुवेतमा रहेका नेपाली नागरिकहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्दै यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गरिने जानकारी गराए।

राजदूतावासले स्वास्थ्य शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्था, चिकित्सक, स्वयंसेवक तथा सहभागी नेपाली समुदायप्रति धन्यवाद ज्ञापन गरेको छ।


सम्बन्धित शीर्षकहरु

रोजिना ढुंगाना - रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले…

बंगलादेशका विदेश मामिला सल्लाहकार हुमायूं कबीरले प्रधानमन्त्री तारिक रहमानको आगामी सेप्टेम्बर १२–१३ मा भारतमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन…

इजरायली रक्षा बल (IDF) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले दक्षिणी सिरियाको भ्रमण गर्दै इजरायलको सीमासँगै कुनै पनि शत्रुतापूर्ण शक्तिले…

प्रतिकृयाहरू
...