Friday 2nd January 2026

नेपाली राजदूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


नेपाली राजदूतावास, कुवेतको आयोजनामा कुवेतमा रहेका नेपाली नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविर २०२५ मार्च २६ तारिखका दिन कुवेतस्थित Bouvardia MMC Medical Center को परिसरमा आयोजना गरिएको थियो।

शिविरमा सहभागी नेपालीहरूलाई निःशुल्क रूपमा सामान्य स्वास्थ्य परीक्षण, रक्त परीक्षण, रक्तचाप (ब्लड प्रेसर), मधुमेह, कोलेस्ट्रोल जाँच तथा विशेषज्ञ चिकित्सकद्वारा परामर्श सेवा प्रदान गरिएको थियो। शिविरमा सयौँ नेपाली कामदार तथा समुदायका सदस्यहरूले सेवा लिएका थिए।

स्वास्थ्य शिविरको सफल आयोजनाका लागि Metro Medical Group, Bouvardia MMC Medical Center का चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले उल्लेखनीय सहयोग पुर्‍याएका थिए। साथै, गैरआवासीय नेपाली संघ (NRNA) कुवेत, नेपाली पत्रकार महासंघ कुवेत शाखा लगायत विभिन्न संघ–संस्थाको पनि सहयोग रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली राजदूतावास कुवेतका तर्फबाट उपस्थित अधिकारीहरूले कुवेतमा रहेका नेपाली नागरिकहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्दै यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गरिने जानकारी गराए।

राजदूतावासले स्वास्थ्य शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्था, चिकित्सक, स्वयंसेवक तथा सहभागी नेपाली समुदायप्रति धन्यवाद ज्ञापन गरेको छ।


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...