Friday 9th October 2026

कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास विभागका लागि तोकिएको १० प्रतिशत आरक्षित कोटाअन्तर्गत कुवेतबाट वरिष्ठ सल्लाहकार राजु कार्कीलाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ। कुवेतस्थित प्रवास नेपाली सम्पर्क विभागले एक मात्र आधिकारिक प्रतिनिधिका रूपमा कार्कीको नाम केन्द्रमा पठाएको हो।

विभागका अनुसार पार्टी, समाज र राष्ट्रप्रति कार्कीले पेसागत तथा सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएका योगदानको उच्च कदर गर्दै उनलाई सिफारिस गर्ने निर्णय भएको हो।

सिफारिससँगै विभागले कार्कीले आगामी दिनहरूमा पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्दै पार्टीको मर्यादा, प्रवासी नेपालीको हक–हित, श्रमिक वर्गका मुद्दा, समाज तथा राष्ट्रिय हितका पक्षमा निरन्तर काम गर्ने विश्वास व्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...