Wednesday 24th June 2026

यात्री समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा राजु धमला चयन


“सेवा हाम्रो पहिचान, समाज हाम्रो जिम्वेवारी” भन्ने नारासहित स्थापना भएको यात्री समाज कुवेतले मिति ९ डिसेम्बर, मंगलबार खैतानस्थित राजधानी होटलको सभाहलमा आफ्नो प्रथम ऐतिहासिक अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ।
अधिवेशनले राजु धमलालाई संस्थाको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो। अधिवेशन नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष द्वय दिलकुमार पाख्रिन र विकासबहादुर सिंह, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष धनबहादुर लिम्बू लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो।

कार्यक्रम महासचिव सुमित पोखरेलले सञ्चालन गरेका थिए।
राष्ट्रिय गानपछि प्रमुख अतिथि, विशिष्ट अतिथि तथा पदाधिकारिहरूले पानस प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए। तथा वरिष्ठ उपाध्यक्ष किरण बराइलीले स्वागत मन्तव्य राखेका थिए।

समारोहलाई भव्य बनाउन Al Muzaini Exchange कुवेतले प्रायोजन गरेको थियो।
त्यसैगरी समाजका कलाकारहरूको सामूहिक तथा एकल नृत्य प्रस्तुतीले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।
प्रथम अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति
अध्यक्ष: राजु धमला
वरिष्ठ उपाध्यक्ष: किरण बराइली
उपाध्यक्ष (टिका): राम उप्रेती
उपाध्यक्ष: भरत मणि घर्ती मगर
उपाध्यक्ष: सन्तोषी राई
महासचिव: सुमित पोखरेल
उप–महासचिव: ऐसा गौतम
सचिव: मनबहादुर क्षेत्री
उप–सचिव: प्रविन विश्वकर्मा
कोषाध्यक्ष: सन्दिप मिजार
सह–कोषाध्यक्ष: लक्ष्मी जी.सी
युवा संयोजक: प्रकाश सेन
युवा सह–संयोजक: शमशेर आले मगर
महिला संयोजक: रिया क्षेत्री
महिला सह–संयोजक: लीला भण्डारी
सदस्यहरू:
सीताराम भट्टराई, अनिज परियार, किरण राई, सागर सिंह स्याङतान, त्रिलोचन पौडेल, सुनिता लामा, प्रतिक्षा गुरुङ, मधुसुदन क्षेत्री


सम्बन्धित शीर्षकहरु

चीनले स्मार्ट यातायात र उड्ने सवारीसाधन (फ्लाइङ कार) को विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आफ्नो पहिलो राष्ट्रियस्तरको "एकीकृत सडक–आकाश" (Integrated…

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

प्रतिकृयाहरू
...