Monday 5th January 2026

एनआरएनएले १ महिनाका लागि सदस्यता खुला गर्दै, निर्वाचन समिति पनि गठन


गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक बसेको छ ।
आइतबार भर्चुअलरुपमा बसको बैठकमा संघका अध्यक्ष द्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसीले अध्यक्षता ग्रहण गरेका थिए भने महासचिव द्वय बाबुराम (बीआर) लामा र गौरीराज जोशीले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता भएपछि बसेको पहिलो बैठकले एनआरएनएको १२ औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन पनि गरेको छ । उच्च अदालतका पूर्व न्यायाधीश तेजबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तोकिएको छ । निर्वाचन समितिमा उनीसहित ७ जना रहने छन् । यसैगरी बैठकले अमेरिकाका भरत अर्याल, बेलायतका सुरेन्द्र श्रेष्ठ र चिरञ्जीवी ढकाल, अष्ट्रेलियाका होमनाथ पाण्डे, मध्यपूर्वका नरेन्द्र भाट र टिबी कार्कीलाई निर्वाचन आयुक्त तोकिएको छ ।
यसैगरी आगामी महाधिवेशनलाई लक्षित गरेर डिसेम्बर ९ देखि १ महिनाका लागि सदस्यता खुला गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।

त्यसका लागि कार्यविधि बनाएर स्टेरिङ कमिटीमा २ दिनभित्र पेस गर्ने जिम्मा महासचिव द्वय लामा र जोशीलाई दिइएको छ । एक, दुई वा सो भन्दा बढी एनसीसी भएका देशहरूमा सदस्यता प्रमाणीकरण गर्ने जिम्मा सम्बन्धित एनसीसीका अध्यक्ष र महासचिवलाई नै जिम्मेवारी दिने निर्णय पनि भएको छ ।
११ सदस्यीय स्टेरिङ कमिटीमा महेश कुमार श्रेष्ठ, डाक्टर बद्री केसी, विनोद कुँवर, आरके शर्मा, विनोद श्रेष्ठ, बीआर लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम, भवानी ओली र इन्द्रा बन रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

तमु समाज कुवेतले एक भव्य कार्यक्रमका बिच तमु ल्होछार/ल्होसार २०२६ मनाएको छ । समाजले हिँजो २ फेब्रुअरी २०२६ शुक्रबारका दिन…

बिहीबार इरानी तीन शहरहरूमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरूबीच झडप भएको छ, जसमा छ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ -…

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच आज एकता हुँदैछ। अध्यक्ष राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भई पार्टी छाडेका…

प्रतिकृयाहरू
...