Monday 29th December 2025

पाल्पामा एक आपसमा मोटरसाइकल ठाेक्किदा एककाे मृत्यु, ३ घाइते


तितोपाटी – पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन। घाइते तिनै जनाको रामपुर अस्पतालमा उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। तानसेन देखि रामपुर तर्फ जाँदै गरेको लु १३ प ८६३५ नम्बरको मोटरसाईकल र विपरीत दिशा तर्फबाट आउँदै गरेको लु ७७ प ४५०५ नम्बरको मोटरसाइकल ठक्कर खादा  बगनासकाली-९, चापपानीकाे २८ वर्षका अर्जुन विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना दुई मोटरसाईकलमा सवार ४ जना घाईते भएका थिए । भने घाइते मध्ये  विकलाई रामपुर अस्पतालमा उपचारका लागि पठाइए पनि चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ । मृतक लु १३ प ८६३५ नम्बरको मोटरसाईकल पछाडि सवार रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । अन्य  तीन जना घाइतेको उपचार भईरहेको छ ।
घाइतेहरूमा लु १३ प ८६३५ नम्बरको मोटरसाईकल चालक जिल्ला पाल्पा बगनासकाली गाँउपालिका ९ बस्ने वर्ष ५१ को विष्णु प्रसाद बि.क, लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल चालक जिल्ला स्याङजा चापाकोट न.पा.९ बस्ने वर्ष अन्दाजी २९ को विवेक भट्टराई र लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल पछाडि सवार जिल्ला रुपन्देही तिलोत्तमा न.पा. ५ मणिग्राम बस्ने वर्ष अन्दाजी २८ को दिपक पाण्डे रहेका छन । घटना आज दिउँसो  साढे २ बजेतिर भएकाे हाे । दुर्घटनाकाे कारणबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक हाेमप्रकाश चाैधरीले जानकारी दिनु भएको छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...