Wednesday 25th February 2026

जेनजी आन्दोलनमा कास्कीबाट फरार कैदी पाल्पामा पक्राउ


तितोपाटी-जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार अभियुक्त पक्राउ परेका छन् । पाल्पा स्थित माथागढी गाउँपालिका–३, का ४३ वर्षका केशव कुमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गत भदौँ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेर फरार रहेका कुमाललाई आइतबार बिहान उनकै घरबाट नियन्त्रणमा लिएको हो । कुमाललाई कैद भुक्तानका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरिएको पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । यसअघि नवलपरासी कारागारबाट जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक युवालाई पाल्पा प्रहरीले पक्राउ गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...