Sunday 11th January 2026

जेनजी आन्दोलनमा कास्कीबाट फरार कैदी पाल्पामा पक्राउ


तितोपाटी-जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार अभियुक्त पक्राउ परेका छन् । पाल्पा स्थित माथागढी गाउँपालिका–३, का ४३ वर्षका केशव कुमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गत भदौँ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेर फरार रहेका कुमाललाई आइतबार बिहान उनकै घरबाट नियन्त्रणमा लिएको हो । कुमाललाई कैद भुक्तानका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरिएको पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । यसअघि नवलपरासी कारागारबाट जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक युवालाई पाल्पा प्रहरीले पक्राउ गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...