Thursday 29th October 2026

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ


परराष्ट्र मन्त्रालयबाट सरुवा भई शिव बानियाले कुवेतस्थित नेपाली दूतावासमा द्वितीय सचिवका रूपमा कार्यभार ग्रहण गरेका छन्। केही समयदेखि रिक्त रहेको सो पदमा बानियाको आगमनसँगै दूतावासको सेवा अझ प्रभावकारी र चुस्त–दुरुस्त हुने अपेक्षा गरिएको छ।

करीब १६ महिना परराष्ट्र मन्त्रालयमा सेवा गरेका बानिया १० दिनअघि कुवेत आइपुगेका हुन्। उनले हालैदेखि दूतावासमा औपचारिक रूपमा काम सुरु गरिसकेका छन्।

दूतावासले सेवा विस्तार र कुवेतस्थित नेपाली समुदायलाई सहज सुविधा उपलब्ध गराउन बानियाको भूमिका महत्वपूर्ण हुने विश्वास लिइएको छ।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...