Sunday 14th December 2025

रामहरि खतिवडाले बुझाए राजिनामा


तितोपाटी- कुलिंग पिरेड बिबादमा परे सँगै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखलाई राजीनामा पत्र नै बुझाएका हुन् ।

‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु’ खतिवडाले पत्रमा लेखेका छन् । निजामति कर्मचारी एंन विधेकमा कुलिंग पिरेड सम्बन्ध बिबाद संगै जिबन परियारको संयोजकतामा छानबिन समिति प्रतिबेदनमा  सभापति खतिवडा सहित ३ जनालाई नैतिक जिम्मेवार ठर्याएको थियो ।

 


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – कुवेतको नेपाली समाजमा विभिन्न संघ संस्थाहरू खुल्ने क्रममा गोरखा समाज कुवेतको पनि गठन भएको छ भने समाजको प्रथम…

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट…

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो…

प्रतिकृयाहरू
...