Saturday 3rd October 2026

गाईजात्रा (कविता)


यहाँ छुट छ हजुर ।
यहाँ बाघलाई घाँस खान
खरायो लाई मासु लतार्न
ब्याँसोलाई बितन्डा मच्चाउन
हिसाबलाई दाल गलाउन
छुट छ
किन कि
यहाँ हाम्रो व्यापारीक राज्य छ
जहाँ चिया पिउन
अमेरिका जान
देश अँध्यारो बनाउन ,
कर्मचारी फसाउन
छुट छ
छुट त कति हो कति ?
कमिसनमा,कालाबजारमा
ठेक्का पट्टामा ईट्टाभट्टामा
छुट छ
बा बाट दाजुबाट
भाउजू बाट भैयाबाट
सैयाबाट
छुट छ
छुट नै छुटको अबसर छ
छिटो गर्नुस्
मौकामा चौका हान्नुस्
यो अन्तिम छुट अभियान हो
झोला का पोकाहरु बजारमा
बेच्न राखिएका छन्
भरियाहरुलाई
मासु चिउरा रक्सी
प्रेटोल छ
एक स्वर्णिम दिनको
हामी प्रतिक्षामा छौ
जुन एक युगमा
एक पल्ट आउँछ
आधि वेरी चलाउँछ
उथल पुथल बनाँउछ
भ्रष्टहरु कुहिएको हिलोबाट
सुन्दर गुलाफको फुल फुलाँउछ ।
🖋️असल यात्री 🖊️
गाई जात्रा (२५/०४/२०२२ )


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...