Monday 16th February 2026

एनआरएनए एनसीसी कुवेतले पायो बिकास बहादुर सिंहको नेतृत्व


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवाैं राष्ट्रिय महाधिवेशन यहि ३० जुलाइ २०२५ का दिन साँझ कुवेतको साल्मिया स्थित होटल सिम्फोनीको सभाहलमा सम्पन्न भएको छ भने अधिवेशनले सन २०२५-२०२७ कार्यकालको लागि बिकास बहादुर सिंहको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमा मत भिन्नता भएपछि अहिले विश्वभरका एनसीसीहरूमा संस्थापन पक्ष र एकता महाधिवेशन पक्ष बनेर समानान्तर समिति बनिरहेको अबस्थामा पनि एनसीसी कुवेतले केन्द्रीय अध्यक्ष बद्री के.सी. को प्रमुख आतिथ्यता (अनलाइनमार्फत)मा नवाैं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको हो भने महाधिवेशनमा विश्वका विभिन्न देशमा रहेका आइसीसीका विभिन्न पदाधिकारीहरू, कुवेतको नेपाली समाजका संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, पत्रकारहरू, समाजसेवी वुद्धिजीवीहरूको आतिथ्यता रहेको थियो ।
महाधिवेशनमा अनलाइनमार्फत शुभकामना सन्देश दिंदैं प्रमुख अतिथि के.सी. ले गैरआवासीय नेपाली संघ भनेको नेपालीका लागि नेपाली भन्ने मुल मन्त्रबाट शुरू भएको अन्तर्राष्ट्रिय संजाल हो भन्दै आप्रवासी नेपालीका हक हित र सुरक्षाका लागि हामी सबै लाग्नुपर्छ, एक पटकको नेपाली सधैंको नेपाली हो, मुलुक पीडामा हुँदा हामीले सहयोग गर्नुपर्छ र हाम्रा अधिकार वृद्धिका लागि सरकारले नीति, नियम र कानुन तर्जुमा गर्नुपर्छ भने । त्यसका लागी केन्द्रले सरकारसँग समन्वय गरिरहेको बताउँदै नयाँ कार्यकालको लागि हरेक एनसीसीले जुलाइ मसान्त सम्म राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने कानुनी प्रावधान अनुरूप ३० जुलाइसम्म ५० भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषदका महाधिवेशनहरू सम्पन्न भएका र जुलाइ ३१ भित्रमा अन्य ७-८ वटा देशमा पनि महाधिवेशन सम्पन्न हुने बताउँदै कसैले टुक्र्याउन खोज्दैमा एनआरएनए नटुक्रिने बताए । उनले आगमी अक्टोबर ११-१४ मा अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न हुन गइरहेकोले कुवेतका डेलिगेट्सहरूलाइ अहिले नै हार्दिक निमन्त्रणा गर्दै गत महाधिवेशनमा बनेको सदस्य संख्या र यसपटकको सदस्य संख्यामा कुनै फरक नआएको बताउँदै सबैलाइ स्वस्फुर्त श्रमिक मैत्री कार्यमा जोडिन आह्वान पनि गरे ।
झण्डै दुइ सय भन्दा बढी सदस्यहरूको उपस्थितमा सम्पन्न उक्त महाधिवेशनमा शुभकामना मन्तव्य दिने वक्ताहरूमा जन सम्पर्क समिति कुवेतका सभापती केशर घलान, प्रवासी नेपाली मंच कुवेका सचिव शङ्कर पौडेल, जन प्रगतिशील मंच कुवेतका कार्यवाहक अध्यक्ष जीवन सुनार, अन्तर्राष्ट्रिय नेपाली स्म्माजका अध्यक्ष जयनारायण थारु, प्रवासी एकता मंचका अध्यक्ष युवराज गैरे, रास्वपा प्रवास बिभाग कुवेतका सभापती ईश्वर भण्डारी, पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ लगायतका व्यक्ति व्यक्तित्वहरू रहेका थिए भने उनीहरूले महाधिवेशनको भव्य सफलता एवं निर्वाचित हुने कार्यसमितिलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

महाधिवेशनबाट सन २०२५-२०२७ कार्यकालको लागि चयन भएको नयाँ कार्य समिति यस प्रकार रहेको छ ।

आइसीसी सदस्यः होम नाथा गिरि

कार्यकारी नेतृत्व

अध्यक्षः बिकास बहादुर सिंह
वरिष्ठ उपाध्यक्षः निरन्जन सिंह ठकुरी
उपाध्यक्षः मनिष के.सी.
उपाध्यक्षः छेनामा लामा
उपाध्यक्षः रविन काफ्ले
महिला उपाध्यक्षः सजिना गुरूङ

सचिवालय
महासचिवः रोशन राइ
सचिवः सुरेन्द्र लिम्बु
सचिवः सञ्जय गिरी
सचिवः इन्द्र देव शर्मा

वित्त विभाग
कोषाध्यक्षः उमेश राइ
सह-कोषाध्यक्षः विष्णु भट्टराइ

युवा तथा महिला समन्वय
युवा संयोजकः रामचन्द्र कार्की
सह-युवा संयाेजकः जिवन केरूङ
महिला संयोजकः नविना तिमल्सिना
सह-महिला संयोजकः लक्ष्मी ठोकरा

सदस्यहरू
निरज भट्ट
उज्वल राउत
निरज सहनी
प्रकाश गिरी
मनोज अधिकारी
कृष्ण पुन मगर
सन्तोषी राइ
लक्ष्मी जि.सी.
युवराज विश्वकर्मा
प्रकाश विश्वकर्मा
इश्वर श्रेष्ठ
पाल्साङ मोक्तान
निर्मला क्षेत्री
केशब भण्डारी
समीर जङ्ग शाही
महेश चन्द्र जोशी
महेश्वर तिवारी
सञ्जय बरियार
मिश्र मल्ल
अम्बिका देवी खड्का
रेखा उप्रेती
आयुष गाैतम
सुर्य थापा
हेम कुमार मोक्तान
विजय गुरूङ
राम बहादुर तामाङ
दावा नाम्ग्याल लामा


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...