Monday 9th March 2026

डार्क बिन्स क्याफेको ब्रान्ड एम्बेसडरका नारायण श्रेष्ठ


काठमाडौँ–  डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क क्याफेले नेपालमै अन्तराष्ट्रिय स्तरको बरिस्ता तालिम तथा गुणस्तरीय कफीको सेवा दिदैँ आएको छ ।

नारायण श्रेष्ठ लामो समय देखी कुवेतमा म्याराथुन प्रशिक्षकको रूपमा काम गर्दै सामाजिक अभियानमा जोडिदै आएका छन् । उनी म्याराथुन  गोल्ड मेडलिस्ट  हुन् । तीतोपाटी डटकमसँग कुरा गर्दै श्रेष्ठले भने,‘ विदेशको सीप र दक्षतालाई स्वदेशमा बाँड्दै गरेका युवा व्यवसायीलाई हौसला बढाउन पाउँदा खुसी लागेको छ ।’   

दशक भन्दा बढि स्टारबक्स कफीको ट्रेनरको रूपमा अनुभव लिएका दिपेन्द्र बिष्टले प्रवासमा सिकेको ज्ञान, सीप र पुँजीला स्वदेशमै प्रयोग गर्ने गरी नेपालका युवा पिँढीला दक्ष बरिस्ता बनाउने उद्देश्यका साथ २०८० असारमा डार्क बिन्स क्याफे र बरिस्ता तालिम केन्द्र सञ्चालनमा ल्याएका हुन । बालाजु चोकमा अवस्थित उक्त डार्क बिन्स क्याफे र बरिस्ता तालिम केन्द्रमा अन्तराष्ट्रिय मापदण्डमा आधारित प्रशिक्षण पाठ्यक्रममा आधारित रहेर कफीको इतिहास, उत्पादन, प्रशोधन देखी ग्राहक सम्म पुग्दाका चरणहरू, कफी बनाउदा प्रयोग गर्ने उपकरणहरू, लाते आर्ट र विविध प्रकारका कफी बनाउन सिकाइने प्रशिक्षक बिष्ट बताउँछन् । उनी भन्छन्, ‘ कफीको ज्ञान मात्र नभएर तालिममा सञ्चार सीप, आत्मविश्वास बढाउने टिप्स, अन्तर्वार्ता तयारी, सम्भावित प्रश्नहरू तथा व्यावहारिक कुराहरूमा सुधार गर्न पनि मद्दत गर्ने गरेका छाैं । यहाँ तालिम लिने जो कोही पनि अन्तराष्ट्रिय बजारमा सजिलै प्रतिस्पर्धा गर्न सक्ने छन् ।’

करिव २ वर्षमा सयौँ युवालाई अन्तराष्ट्रिय स्तरको बरिस्ता तालिम दिई स्वदेश तथा विदेशमा काम गर्न सक्षम बनाएको डार्क बिन्स क्याफे र बरिस्ता तालिम केन्द्र बालाजु चोक, काठमाडौँमा रहेको छ । तपाइ पनि बरिस्ता तालिम वा कफिको स्वाद लिन चाहनुहुन्छ भने सम्पर्क नंम्बर ९७६१६५२६७७ वा ९७०८०९६२५५मा सम्पर्क गर्न सक्नु हुनेछ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

प्रतिकृयाहरू
...