Tuesday 13th January 2026

निरेम साङ्गतिक उत्सव’को तेस्रो संस्करण डिसेम्बरमा


निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको छ। ‘निरेम सांगीतिक उत्सव २०२५’ शीर्षकमा आयोजना हुन लागेको यो कार्यक्रम विगत दुई संस्करणको सफलतापछि थप भव्य रूपमा प्रस्तुत गरिने तयारीमा रहेको छ।

पहिलो संस्करणमा लोकप्रिय गायक कमल खत्री, गायिका मेलिना मैनाली र नृत्याङ्गना कविता नेपालीले आफ्नो प्रस्तुति दिएका थिए। दोस्रो संस्करण भने गत फेब्रुअरीमा सम्पन्न भएको थियो, जसमा गायिका तृष्णा गुरुङ र गायक हिमाल सागरले दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए। ती कार्यक्रमहरूमा कुवेतस्थित नेपाली समुदायको उल्लेखनीय उपस्थिति र उत्साहजनक सहभागिता देखिएको थियो।

तेस्रो संस्करणको स्थान र अतिथि कलाकारहरूको नाम छिट्टै सार्वजनिक गरिने आयोजक निरेम प्रोडक्सनले जानकारी दिएको छ। कार्यक्रमको मूल उद्देश्य भनेको कुवेतमा बसोबास गर्ने नेपाली समुदायलाई संगठित गर्दै, नेपाली कला, संगीत र संस्कृतिको प्रवर्द्धन गर्नु हो।

निरेम सांगीतिक उत्सवलाई समुदायबीचको आपसी सम्बन्ध बलियो बनाउने र प्रवासी जीवनमा सकारात्मक ऊर्जा थप्ने माध्यमको रूपमा लिइएको छ। आयोजकले सबैलाई डिसेम्बर १२ मा आयोजना हुने यस सांगीतिक यात्रामा सहभागी भई उत्सवलाई सफल बनाउन आग्रह गर्दै, कार्यक्रमसम्बन्धी थप जानकारी आफ्ना आधिकारिक डिजिटल प्लेटफर्महरूमा क्रमशः सार्वजनिक गरिने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...